Saturday, August 1, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

उपचारका क्रममा कैदीको मृत्यु भएपछि वीरगन्जको नारायणी अस्पतालमा तनाव

चराचर खबर by चराचर खबर
August 12, 2025
in समाचार
0
उपचारका क्रममा कैदीको मृत्यु भएपछि वीरगन्जको नारायणी अस्पतालमा तनाव
1
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

२७ साउन,वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एक कैदीको मृत्यु भएपछि मृतकका आफन्तहरूले अस्पताल प्रशासनको गम्भीर लापरवाहीको आरोप लगाउँदै अस्पताल अगाडि विरोध प्रदर्शन गरेका छन्।

मृत्यु हुनेमा हत्याको अभियोगमा वीरगञ्ज कारागारमा रहेका वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ खलवाटोला श्रीसिया निवासी २८ वर्षीय राहुल साह तुहारा रहेका छन्।

नारायणी अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहका अनुसार, तुहारालाई मंगलबार बिहान ८:५० बजे अस्पताल भर्ना गरिएको थियो र उपचारको क्रममा बिहान १०:३० बजे उनको मृत्यु भएको हो। डा. सिंहले तुहारालाई अस्पताल ल्याउँदा उनको मुखबाट रगत र फिज आइरहेको तथा रक्तचाप (BP) शून्य रहेको जानकारी दिए।

डा. सिंहका अनुसार, तुहारालाई तत्काल आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो। अस्पतालमा तत्काल आईसीयू बेड खाली नभएपछि बाहिर अन्यत्र लैजान सुझाव दिइएको थियो र तुहाराको परिवारले एम्बुलेन्ससमेत बोलाएका थिए। तर, लगत्तै एउटा आईसीयू बेड खाली भएपछि उनलाई त्यही बेडमा राखेर उपचार सुरु गरियो। उपचार सुरु भएको करिब १५ मिनेटमै, अर्थात् १०:३० बजे, तुहाराको मृत्यु भएको सिंहले बताए।

यता, मृतकका आफन्तहरूले भने अस्पतालको लापरवाही र सही समयमा उचित उपचार नपाएकै कारण राहुलको ज्यान गएको गम्भीर आरोप लगाएका छन्। यसैको विरोधमा उनीहरूले नारायणी अस्पतालअगाडि टायर बालेर प्रदर्शन गर्नुका साथै अस्पताल प्रशासनविरुद्ध नाराबाजीसमेत गरिरहेका छन्। घटनाले वीरगञ्जमा तनावको स्थिति सिर्जना गरेको छ।

Previous Post

कोमामा रहेको सार्क फर्किने/नफर्किने ठेगान छैन तर आवश्यक छ : उपेन्द्र यादव

Next Post

क्कली भुटानी शरणार्थी प्रकरणमा साक्षी बुझ्ने आदेश

चराचर खबर

चराचर खबर

Next Post
क्कली भुटानी शरणार्थी प्रकरणमा साक्षी बुझ्ने आदेश

क्कली भुटानी शरणार्थी प्रकरणमा साक्षी बुझ्ने आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l