Monday, August 3, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

वीरगन्जमा ४१ जनामा हैजा संक्रमण पुष्टि, हैजा प्रभावित क्षेत्रबाट पानीको नमुना संकलन

चराचर खबर by चराचर खबर
August 24, 2025
in समाचार, समाज, सम–सामयिक, सूचना/प्रविधि
0
वीरगन्जमा ४१ जनामा हैजा संक्रमण पुष्टि, हैजा प्रभावित क्षेत्रबाट पानीको नमुना संकलन
1
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

भदौ ८ –  वीरगन्जस्थित दर्जनभन्दा बढी अस्पतालमा १ सय २९ झाडापखाला तथा हैजाका बिरामी उपचाररत छन् । तीमध्ये ४१ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ । शनिबार रातिसम्म ती अस्पतालमा ९२ जना उपचारका लागि भर्ना भएकोमा आइतबार १ सय २९ जना भर्ना भइसकेका छन् ।

अधिकांश बिरामी वीरगन्ज महानगरपालिका वडा नं। ११, १२, १६ र १८ का हुन्।

वीरगन्जको हैजा प्रभावित क्षेत्रबाट पानीको नमुना संकलन गरिएको छ । खानेपानी मन्त्रालय प्रादेशिक कार्यालय जनकपुरबाट आएको प्राविधिक टोलीले शनिबार वीरगन्ज महानगरको ११, १२ र १३ नम्बर वडाबाट खानेपानी संस्थान वीरगन्ज शाखाले वितरण गरेको पानीको नमुना संकलन गरेर लगेको हो

शाखाका सूचना अधिकारी एवं इन्जिनियर सञ्जीव यादवका अनुसार तीनवटै वडाका विभिन्न स्थानका १५ वटा धाराबाट पानीको नमुना संकलन गरिएको छ । ‘जनकपुरबाट पानी परीक्षण घुम्ती सेवाको टोली नै आइपुगेको थियो,’ उनले भने, ‘तीन वटा वडाका विभिन्न स्थानबाट नमुना संकलन गरी शनिबार साँझ नै टोली जनकपुर फर्किएको छ ।’ अब जनकपुरस्थित संस्थानको प्रादेशिक प्रयोगशालमा पानीमा कोलिफर्मको परीक्षण गरिने उनले बताए । ‘कोलिफर्म परीक्षणबाट पानीमा कुनकुन रोगका किटाणु छन् यकिन हुन्छ,’ उनले भने, ‘सम्भवतः आइतबार साँझसम्ममा परीक्षणको नतिजा आउन सक्छ ।’

 

अस्पतालमा भर्ना भएका हैजा संक्रमितमध्ये एक जनामात्र उपचारपछि घर फर्किएका छन् । हैजा संक्रमण फैलिने मुख्य कारण तथा स्रोतको बारेमा अनेक अड्कलबाजी भइरहे पनि आधिकारिक रूपमा अझै पनि हैजाको मुख्य स्रोतबारे जानकारी आउन सकेको छैन ।

हैजाबाट हालसम्म कसैको मृत्यु नभएको स्थानीय प्रशासनको दाबी छ । दुई जनाको मृत्यु हैजासँग मिल्दोजुल्दो लक्षण भएको रोगबाट भए पनि तिनको स्वास्थ्य परीक्षण नगरिएकाले तिनको मृत्युको कारण हैजानै हो भनी यकिन गर्न नसक्ने दाबी प्रशासनको रहँदै आएको छ । शुक्रबार वीरगन्जको नारायणी अस्पताल र वीरगन्ज हेल्थ केयर अस्पतालमा वीरगन्जकै ३५ वर्षीय युवक र १९ वर्षीया युवतीको मृत्यु भएको थियो ।

 

 

Previous Post

वडाध्यक्षको संरक्षणमा सेवाग्राहीमाथि आर्थिक शोषण

Next Post

उखु किसानहरूको काठमाण्डौ केन्द्रित आन्दोलन शुरू

चराचर खबर

चराचर खबर

Next Post
उखु किसानहरूको काठमाण्डौ केन्द्रित आन्दोलन शुरू

उखु किसानहरूको काठमाण्डौ केन्द्रित आन्दोलन शुरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l