Tuesday, August 4, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

उखु किसानहरूको काठमाण्डौ केन्द्रित आन्दोलन शुरू

चराचर खबर by चराचर खबर
August 24, 2025
in समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
उखु किसानहरूको काठमाण्डौ केन्द्रित आन्दोलन शुरू
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

भदौ ८  –  उखु किसानहरू सरकारले दिने अनुदानको बक्यौता माग्दै काठमाण्डौको माइतीघरमा धर्ना बसेका छन् । सरकारले दिने प्रतिक्विन्टल ७० रुपैयाँको बक्यौता भुक्तानी हुनुपर्ने माग गर्दै किसानहरू आजदेखि धर्नामा बसेका हुन् ।

सरकारले अघिल्लो आर्थिक वर्षको अनुदान भुक्तानी गरेको छैन । आर्थिक वर्ष २०८१/८२ मा देशका १३ वटा चिनी मिलमा किसानहरूले २ करोड १५ लाख क्विन्टल उखु बिक्री गरेका थिए । यसअनुसार सरकारले किसानलाई झन्डै १ अर्ब ६० करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ ।

यस्तै सरकारले यस वर्षदेखि अनुदान घटाएर प्रतिक्विन्टल ३५ रुपैयाँमा झारेको छ । साङ्केतिक रूपमा उखु बोकेर माइतीघर मण्डलामा धर्ना दिइरहेका १३ जिल्लाका अगुवा किसानहरूले गएको आर्थिक वर्षको भुक्तानीसहित यस वर्षदेखि पनि प्रतिक्विन्टल ७० रुपैयाँ नै भुक्तानी हुनुपर्ने माग गरेका छन् ।

महासङ्घका संयोजक श्यामबाबु रायका अनुसार चिनी उद्योगहरूले किसानलाई दिनुपर्ने प्रतिक्विन्टल ५ सय ८५ रुपैयाँ भुक्तानी गरिसकेका छन् तर सरकारले दिने कबुल गरेको अनुदान नपाउँदा किसानहरू सडकमा आउन बाध्य भएका हुन् ।

Previous Post

वीरगन्जमा ४१ जनामा हैजा संक्रमण पुष्टि, हैजा प्रभावित क्षेत्रबाट पानीको नमुना संकलन

Next Post

वीरगन्जमा हैजा नियन्त्रणका लागि एकद्वार नीति : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल आज दिउँसो वीरगंज आउँदै

चराचर खबर

चराचर खबर

Next Post
वीरगन्जमा हैजा नियन्त्रणका लागि एकद्वार नीति : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल आज दिउँसो वीरगंज आउँदै

वीरगन्जमा हैजा नियन्त्रणका लागि एकद्वार नीति : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल आज दिउँसो वीरगंज आउँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l