Wednesday, August 5, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

रौतहटमा भन्सार छलेर ल्याइएको ७४५ किलो सुर्ती बरामद

चराचर खबर by चराचर खबर
August 25, 2025
in समाचार
0
रौतहटमा भन्सार छलेर ल्याइएको ७४५ किलो सुर्ती बरामद
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

९ भदौ, रौतहट । रौतहटमा सशस्त्र प्रहरी बलले ३ लाख भन्दा बढीको भन्सार छलेर भित्र्याइएको सुर्तीजन्य पदार्थ बरामद गरेको छ ।

रौतहटको ईशनाथ नगरपालिका- ४ मठियाबाट प्रहरीले सुर्ती बरामद गरेको हो । स्थानीय रामसिंह चनौको भट्टी पसल नजिकै अवैध रूपमा भण्डारण गरिएको सुर्ती बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण मुख्यालय रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक सन्तोष कुमार बस्नेतको कमाण्डमा र बोर्डर आउट पोस्ट औरैयाका सशस्त्र प्रहरी निरीक्षक खेमराज जोशीको टोलीले आइतबार राति गरेको जाँचमा उक्त सामान फेला परेको हो ।

दशगजाबाट करिब २ सय मिटर पूर्व, चुमन मियाको धानखेतमा ३० वटा बोरामा लुकाएर राखिएको ७ सय ४५ किलो सुर्ती तथा सुर्तीजन्य पदार्थ बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।

बरामद भएको सामानको अनुमानित मूल्य ३ लाख ६२ हजार ७५० रुपैयाँ रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । बरामद गरिएको सुर्ती आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Previous Post

स्वास्थ्य मन्त्री पौडेल वीरगञ्जमा हैजाको प्रकोप स्थलगत अनुगमन गर्दै

Next Post

धान खेतमा भेटियो लाखौंको अवैध सुर्ती

चराचर खबर

चराचर खबर

Next Post
रौतहटमा भन्सार छलेर ल्याइएको ७४५ किलो सुर्ती बरामद

धान खेतमा भेटियो लाखौंको अवैध सुर्ती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l