Saturday, August 8, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

देशलाई हेपेको सहन सकिँदैन : प्रधानमन्त्री ओली

चराचर खबर by चराचर खबर
September 7, 2025
in राजनीति, समाचार, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
देशलाई हेपेको सहन सकिँदैन : प्रधानमन्त्री ओली

ललितपुर, २२ भदौ : एमालेको विधान महाधिवेशनमा अध्यक्ष ओली नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली ललितपुरको गोदावरीस्थित सनराइज हलमा आइतबार जारी नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनको अध्यक्षता गर्नुहुँदै । तस्बिर : प्रकाश सिलवाल/रासस

1
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

भदौ २२ – नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अरू जुनसुकै कुरा सहिन्छ तर देशलाई हेपेको सहन नसकिने बताउनुभएको छ ।

ललितपुरको गोदावरीमा रहेकाे सनराइज सम्मेलन केन्द्रमा शुक्रवारदेखि चलिरहेकाे एमालेको विधान महाधिवेशनको अन्तिम दिन आज प्रतिनिधिलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बेथिति र हेपाहा प्रवृत्तिका सधैँ विरोधमा उत्रने र देशलाई हेपेको कदापि नसहन बताउनुभयो ।

‘राष्ट्रियता कविता हैन, छन्द हैन, क्षणिक स्वार्थ हैन, हामी वाक स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानका लागि बलिदान दिएर आएका शक्ति हौँ, सामाजिक सञ्जालका विरुद्धमा नेकपा एमाले छैन, नेपालमा व्यवसाय गरेर पैसा कमाउने तर कानून बमोजिम नबस्ने कुरा सह्य हुँदैन । अहिले केही मान्छेहरू विरोधमात्रै गर्ने पात्र पुतलीजस्ता भएका छन्’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

‘कहलिएका बुद्धिजीवीहरूको चिन्तन नै स्वतन्त्र छैन, आफूलाई ठूलो बुद्धिजीवी भन्नेहरूले कस्ता कुराबाट समाजलाई प्रभावित गर्न खोजेका छन् भन्ने देखिएकै छ । पछिल्लो समयमा ‘जेनजी’ पुस्ताका नाममा समाजलाई भड्काउन खोजिएको छ तर ‘जेनजी’ पुस्ता देशलाई माया गर्छ’, उहाँले भन्नुभयो ।

सरकारले एक वर्षअघिदेखि सामाजिक सञ्जाललाई दर्ता गर्न भनेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘अहिले चार जना मानिसको रोजगारी खोसिएकोभन्दा देशको स्वाधीनता ठूलो हो, देशको कानून नमान्ने, संविधान  नमान्ने, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, सार्वभौमसत्ताको कुरालाई नमान्ने पनि कहीँ हुन्छ, स्वाधीनता स्वाभिमानबाट प्राप्त हुन्छ, स्वाभिमानबाट स्वतन्त्रता प्राप्त हुन्छ ।’

ओलीले असमानता कम गर्दै विभेदलाई अन्त्य गर्ने पार्टीको नीति रहेको उल्लेख गर्दै छलफलसहित प्राप्त नीतिलाई अङ्गीकार गर्दै ‘मिसन ८४’ को अभिभारा पूरा गर्ने गरी पार्टी अघि बढिरहेको स्पष्ट गर्नुभयो ।

Previous Post

लाल सागरमा समुद्रमुनिकाे तार काटिँदा एशिया र मध्यपूर्वमा इन्टरनेट अवरुद्ध

Next Post

सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चले दर्ता गरेन

चराचर खबर

चराचर खबर

Next Post
सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चले दर्ता गरेन

सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चले दर्ता गरेन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l