Saturday, May 30, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

नवनियुक्त अर्थ, ऊर्जा र गृहमन्त्रीले शपथ लिए

चराचर खबर by चराचर खबर
September 15, 2025
in समाचार
0
नवनियुक्त अर्थ, ऊर्जा र गृहमन्त्रीले शपथ लिए
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै – अर्थमन्त्री रामेश्वर खनाल; ऊर्जा, जलस्रोत तथा सिँचाइ भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानून, न्याय तथा संसदीय मालिलामन्त्री ओमप्रकाश अर्यालले शपथ लिनुभएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा नियुक्त हुनुभएका तीनै जनालाई राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपति भवन शीतल निवासमा पद तथा गाेपनीयताकाे शपथ गराउनुभएको हो । अब मन्त्रिपरिषद् प्रधानमन्त्रीसहित चार सदस्यीय बनेको छ ।

अर्थमन्त्रीमा नियुक्त रामेश्वर खनाल पूर्व अर्थसचिव एवम् अर्थविद् हुनुहुन्छ । तात्कालिक अर्थमन्त्री भरतमोहन अधिकारीसँग मतभिन्नता उत्पन्न भएपछि उहाँले पदबाट राजीनामा दिनुभएको थियो । उहाँ अघिल्लो सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिश आयोगका अध्यक्ष हुनुहुन्थ्यो । आयोगले केही महिनाअघि सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको थियो ।

यस्तै इन्जिनियर रहनुभएका कुलमान घिसिङलाई केही महिनाअघि केपी शर्मा ओली सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको थियो । नेपालबाट लोडशेडिङ हटाएको श्रेय दिइने गरेका घिसिङलाई निकै लोकप्रिय मानिन्छ ।

ओमप्रकाश अर्याल कानून व्यवसायी हुनुहुन्छ । उहाँले भ्रष्टाचार विरोधी अभियानकर्मीको छवि बनाउनुभएको छ । उहाँ यसअघि काठमाण्डौ महानगरका कानूनी सल्लाहकार हुनुहुन्थ्यो ।

Previous Post

जेन-जी प्रर्दशनीको क्रममा मृत्यु हुनेको संख्या पुग्यो ७२

Next Post

नवनियुक्त अर्थमन्त्री खनालद्वारा पदभारग्रहण, पहिलो निर्णय- टुक्रे आयोजना हटाउन कार्यदल

चराचर खबर

चराचर खबर

Next Post
नवनियुक्त अर्थमन्त्री खनालद्वारा पदभारग्रहण, पहिलो निर्णय- टुक्रे आयोजना हटाउन कार्यदल

नवनियुक्त अर्थमन्त्री खनालद्वारा पदभारग्रहण, पहिलो निर्णय- टुक्रे आयोजना हटाउन कार्यदल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l