Saturday, May 30, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

मुख्य चाडपर्वमा यात्रु अलपत्र, मुग्लिन–नारायणगढ र मुग्लिन–नागढुङ्गा सडक पहिरोले अवरुद्ध

चराचर खबर by चराचर खबर
September 23, 2025
in समाचार
0
मुख्य चाडपर्वमा यात्रु अलपत्र, मुग्लिन–नारायणगढ र मुग्लिन–नागढुङ्गा सडक पहिरोले अवरुद्ध
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

विरगंज – भदौ ७, २०८२

दशैँको पूर्वसन्ध्यामा यात्रुको चाप बढिरहेको बेला देशको प्रमुख राजमार्गहरू पहिरोका कारण अवरुद्ध हुँदा यात्रुहरू ठूलो सास्तीमा परेका छन्।

चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोलामा खसेको पहिरो हटाएर सडक एकतर्फी खोलिएको छ। यद्यपि, सडक किनारमा ढुङ्गा झर्ने क्रम नरोकिएकाले जोखिम कायमै रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। कार्यालयले यात्रु र चालकहरूलाई लेन अनुशासनको पालना गर्दै सजक भएर यात्रा गर्न आग्रह गरेको छ।

यसैबीच, मुग्लिन–नागढुङ्गा सडकखण्डमा पर्ने धादिङको जवाङ खोला नजिकको ठूलो पहिरोले सडक दुईतर्फी रूपमा पूर्णरूपमा अवरुद्ध बनाएको छ। बेनीघाट रोराङ क्षेत्रमा ठूलो पहिरो खसेको र पन्छाउन समय लाग्ने धादिङ प्रहरीले जनाएको छ।

सडक पूर्णरूपमा अवरुद्ध भएपछि यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन्। दशैँ मनाउन घर फर्कने यात्रु, विद्यार्थी, र काम विशेषले यात्रा गरिरहेकाहरूका लागि यो अवस्था थप पीडादायक बनेको छ।

धादिङ जिल्ला प्रशासन कार्यालयले साना तथा मझौला गाडीका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। मलेखु (फुर्के खोला)–धादिङबेशी–आरुघाट–मध्यपहाडी राजमार्ग हुँदै गोरखा बजार–आँबुखैरेनी–डुम्रे मार्गलाई वैकल्पिकरूपमा प्रयोग गर्न सकिने सूचनामा उल्लेख गरिएको छ।

ठूला सवारीसाधनका लागि भने सुरक्षा निकायसँग समन्वय गरी अन्य सुरक्षित मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ।

वर्षा र भूस्खलनको कारण काठमाण्डौ ओहोरदोहोर गर्ने मुख्य राजमार्गहरूमा बारम्बार समस्या आइरहेको छ। चाडपर्वको बेला यस किसिमको समस्या समाधानतर्फ सरकार र सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिन्छ।

 

Previous Post

सिराहामा १५ वर्षीय बालकको अपहरणपछि हत्या, अपहरणकारीले उनकै मोबाइलबाट फिरौती रकम मागेका थिए

Next Post

३ जना सचिवको सरुवा : दुवाडी गृहबाट योजना आयोगमा, दंगाल नयाँ गृहसचिव

चराचर खबर

चराचर खबर

Next Post
३ जना सचिवको सरुवा : दुवाडी गृहबाट योजना आयोगमा, दंगाल नयाँ गृहसचिव

३ जना सचिवको सरुवा : दुवाडी गृहबाट योजना आयोगमा, दंगाल नयाँ गृहसचिव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l