Friday, August 7, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

बिहार विधानसभा निर्वाचन नोभेम्बर ६ र ११ मा दुई चरणमा हुने

चराचर खबर by चराचर खबर
October 7, 2025
in विश्व
0
बिहार विधानसभा निर्वाचन नोभेम्बर ६ र ११ मा दुई चरणमा हुने
1
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

 असोज २१  – बिहारमा आगामी ६ र ११ नोभेम्बरमा दुई चरणमा विधानसभा निर्वाचन सम्पन्न हुने भएको छ। करिब ४० वर्षपछि दुई चरणमा निर्वाचन हुन लागेको हो।

सोमबार मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले पत्रकार सम्मेलनमार्फत पहिलो चरणमा १२१ सिट र दोस्रो चरणमा १२२ सिटका लागि मतदान हुने जानकारी दिएका हुन्।

निर्वाचन आयोगका अनुसार दुवै चरणको मतदान सम्पन्न भएपछि १४ नोभेम्बरमा मतगणना गरिनेछ र त्यसपछि नयाँ सरकारको टुंगो लाग्नेछ। आचारसंहिता लागू भइसकेकाले पहिलो चरणसम्म करिब एक महिना समय बाँकी छ।

पहिलो चरणको मतदान उत्तर बिहारका तिरहुत, मिथिलाञ्चल, कोसीलगायत क्षेत्रहरूमा हुने भएको छ भने दोस्रो चरणको मतदान मगध र शाहाबाद क्षेत्रहरूमा हुनेछ। अघिल्ला निर्वाचनहरूमा यी क्षेत्रहरूमा पहिलो चरणमै मतदान हुने परम्परा रहेको थियो।

पहिलो चरणमा दरभंगा, मधेपुरा, सहरसा, खगडिया, गोपालगञ्ज, मुंगेर र नालन्दा लगायतका जिल्लामा मतदान हुनेछ। यी क्षेत्रहरूलाई सत्तारूढ एनडीए गठबन्धनको बलियो आधार क्षेत्र मानिन्छ। सन् २०२० को विधानसभामा १२१ सिटमध्ये ५९ सिटमा एनडीए विजयी भएको थियो। यसपटक पनि उनीहरूको पकड अझ सुदृढ भएको अनुमान गरिएको छ।

दोस्रो चरणको मतदान हुने क्षेत्रहरू भने महागठबन्धनको प्रभाव क्षेत्र मानिन्छन्। नेपालसँग सिमाना जोडिएका अधिकांश जिल्लाहरूमा पनि दोस्रो चरणमै मतदान हुने कार्यक्रम रहेको छ।

Previous Post

आजदेखि कात्तिक स्नान, आकाशदीप दान र तुलसीको विशेष पूजा आराधना प्रारम्भ

Next Post

टी–२० विश्वकप छनोटअघिको तयारीमा नेपालले कतारलाई १६ रनले हरायो

चराचर खबर

चराचर खबर

Next Post
टी–२० विश्वकप छनोटअघिको तयारीमा नेपालले कतारलाई १६ रनले हरायो

टी–२० विश्वकप छनोटअघिको तयारीमा नेपालले कतारलाई १६ रनले हरायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l