Friday, August 7, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

टी–२० विश्वकप छनोटअघिको तयारीमा नेपालले कतारलाई १६ रनले हरायो

चराचर खबर by चराचर खबर
October 7, 2025
in खेलकुद, सूचना/प्रविधि
0
टी–२० विश्वकप छनोटअघिको तयारीमा नेपालले कतारलाई १६ रनले हरायो
1
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

 असोज २१ – ओमानमा जारी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटअघिको दोस्रो अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले कतारलाई १६ रनले पराजित गरेको छ।

टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७० रनको प्रतिस्पर्धी योगफल तयार गर्‍यो। नेपालका कुशल भुर्तेलले ५६ रनको अर्धशतक प्रहार गरे भने दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले समान ३८–३८ रन जोडे। बलिङतर्फ कतारका शारिक मुनीर र मुहम्मद इक्रामुल्लाहले दुई–दुई विकेट लिएका थिए।

लक्ष्य पछ्याउन मैदानमा उत्रिएको कतार २० ओभरमा छ विकेट गुमाउँदै १५४ रनमा सीमित भयो। कतारका मुहम्मद तनविरले ५१ रन, मोहम्मद ब्रइगले ४० रन र मुहम्मद असीमले ३० रनको योगदान दिए। नेपालका करण केसीले तीन विकेट, जबकि दीपेन्द्रसिंह ऐरी, नन्दन यादव र ललित राजवंशीले समान एक–एक विकेट लिए।

यसअघि शनिबार नेपालले पहिलो अभ्यास खेलमा घरेलु टोली ओमानलाई छ विकेटले पराजित गरेको थियो।

विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली टोली हाल ओमानमा रहेको छ। समूह चरणमा नेपालले कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ। समूहको शीर्ष दुई टोली सुपर–सिक्स चरणमा प्रवेश गर्नेछन्। त्यसपछि सुपर–सिक्सका शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकपमा स्थान पाउनेछन्।

नेपाली टोलीले यसअघि संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा भएको वेस्ट इन्डिजविरुद्धको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला जित्दै आत्मविश्वास बढाएको छ। त्यसैको निरन्तरतामा नेपाल अहिले विश्वकप छनोटका लागि तयारीमा जुटिरहेको छ।

Previous Post

बिहार विधानसभा निर्वाचन नोभेम्बर ६ र ११ मा दुई चरणमा हुने

Next Post

भारतसँगको एकदिवसीय र टी–२० शृङ्खलाका लागि अस्ट्रेलियाको टोली घोषणा

चराचर खबर

चराचर खबर

Next Post
भारतसँगको एकदिवसीय र टी–२० शृङ्खलाका लागि अस्ट्रेलियाको टोली घोषणा

भारतसँगको एकदिवसीय र टी–२० शृङ्खलाका लागि अस्ट्रेलियाको टोली घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l