Friday, August 7, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

भारतसँगको एकदिवसीय र टी–२० शृङ्खलाका लागि अस्ट्रेलियाको टोली घोषणा

चराचर खबर by चराचर खबर
October 7, 2025
in खेलकुद, समाचार
0
भारतसँगको एकदिवसीय र टी–२० शृङ्खलाका लागि अस्ट्रेलियाको टोली घोषणा
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

असोज २१  – भारतसँगको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि अस्ट्रेलियाको टोली घोषणा भएको छ ।

क्रिकेट अस्ट्रेलियाले ३ खेलको एकदिवसीय शृङ्खलाका लागि १५ सदस्यीय र ५ खेलको टी–२० शृङ्खलामध्ये पहिलो २ खेलका लागि १४ सदस्यीय टोली घोषणा गरेको हो । अस्ट्रेलियाको दुवै टोलीको कप्तानमा मिचेल मार्श छन् ।

अस्ट्रेलियाको एकदिवसीय टोलीमा तीव्र गतिका बलर मिचेल स्टार्क फर्किएका छन् । ब्याटरहरू म्याथ्यु शर्ट र म्याथ्यु रेनाशा तथा मध्य क्रमका ब्याटर मिचेल ओवेन पनि टोलीमा परेका छन् ।

यस्तै पहिलो २ टी–२० शृङ्खलाका लागि बलर नाथन इलिस र विकेटकिपर ब्याटर टोलीमा फर्किएका छन् । न्युजिल्यान्डसँगको शृङ्खलाअघि लागेको चोटका कारण ग्लेन म्याक्सवेल टोलीमा छैनन् ।

घरेलु टोली अस्ट्रेलिया र भारतबीचको एकदिवसीय शृङ्खला यही अक्टोबर १९ देखि पर्थमा शुरू हुनेछ । यस्तै टी–२० शृङ्खला अक्टोबर २९ देखि क्यानबेरामा शुरू हुनेछ ।

Previous Post

टी–२० विश्वकप छनोटअघिको तयारीमा नेपालले कतारलाई १६ रनले हरायो

Next Post

हरि खेतान क्याम्पसमा शिक्षक–कर्मचारीद्वारा तालाबन्दी, प्रशासनिक कार्य अनिश्चितकालका लागि ठप्प

चराचर खबर

चराचर खबर

Next Post
हरि खेतान क्याम्पसमा शिक्षक–कर्मचारीद्वारा तालाबन्दी, प्रशासनिक कार्य अनिश्चितकालका लागि ठप्प

हरि खेतान क्याम्पसमा शिक्षक–कर्मचारीद्वारा तालाबन्दी, प्रशासनिक कार्य अनिश्चितकालका लागि ठप्प

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l