Friday, August 7, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

हरि खेतान क्याम्पसमा शिक्षक–कर्मचारीद्वारा तालाबन्दी, प्रशासनिक कार्य अनिश्चितकालका लागि ठप्प

चराचर खबर by चराचर खबर
October 7, 2025
in समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
हरि खेतान क्याम्पसमा शिक्षक–कर्मचारीद्वारा तालाबन्दी, प्रशासनिक कार्य अनिश्चितकालका लागि ठप्प
2
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

असोज २१ — त्रिभुवन विश्वविद्यालयअन्तर्गत वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा कार्यरत शिक्षक र कर्मचारीहरूले क्याम्पस प्रमुख किशोरी राय यादवको “गैरजिम्मेवार व्यवहार” र “जायज मागहरूको बेवास्ता”प्रति आक्रोशित हुँदै आजदेखि क्याम्पस प्रशासन अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेका छन्।

कर्मचारीहरूले क्याम्पस प्रमुख यादवसहित अन्य प्रशासनिक कोठाहरूमा तालाबन्दी गरेका छन्। उनीहरूको भनाइमा, क्याम्पस प्रशासनले असोज २० गतेसम्म तोकिएको अन्तिम म्यादभित्र मागहरू पूरा नगरेपछि तालाबन्दी गर्न बाध्य भएका हुन्।

क्याम्पस कर्मचारी युनियनका अध्यक्ष विनोद यादवद्वारा जारी सूचनामा क्याम्पस प्रमुखले शिक्षक र कर्मचारीको मागप्रति बेवास्ता गर्दै झुटा आश्वासन र मनोमानी व्यवहार गरेको आरोप लगाइएको छ। सूचनामा सबै शिक्षक र कर्मचारीलाई हाजिरी अनिवार्य गर्न र आन्दोलनमा एकजुट रहन आह्वान गरिएको छ।

युनियनले क्याम्पसको पहिचान शिक्षक तथा कर्मचारीको खुन–पसिनाको मेहनतबाट स्थापित भएको उल्लेख गर्दै बजारको तुलनामा ५० प्रतिशत कम तलबमा काम गर्न बाध्य पारिएको गुनासो गरेको छ।

शिक्षक र कर्मचारीहरूका अनुसार, उनीहरूले विगत अढाई वर्षदेखि तलब वृद्धि, ग्रेड, सञ्चय कोष, उपदान र अन्य सुविधाका लागि संघर्ष गरिरहेका छन्। तर क्याम्पस प्रमुख यादवको “गैरजिम्मेवार र विभाजनकारी व्यवहार”का कारण सुधार सम्भव नभएको उनीहरूको आरोप छ।

युनियनले क्याम्पस प्रमुखमाथि क्याम्पसको शैक्षिक वातावरण बिगार्ने, शिक्षक–कर्मचारीबीच कृत्रिम विभाजन ल्याउने, व्यक्तिगत स्वार्थका लागि विद्यार्थी सङ्ख्या घटाउने, हक–हितको बेवास्ता गर्ने र नजिकका व्यक्तिको तलब वर्षमा दुई पटकसम्म बढाउने जस्ता गम्भीर आरोप लगाएको छ।

क्याम्पस प्रमुखको योग्यतामाथि समेत प्रश्न उठाउँदै युनियनले भनेको छ, “उनी विद्यार्थी, शिक्षक र कर्मचारीको हितमा सोच्ने स्थिति वा क्षमता नभएका व्यक्ति हुन्।”

यसअघि शिक्षक र कर्मचारीहरूले त्रिभुवन विश्वविद्यालय तथा नेपाल पब्लिक क्याम्पस संघ सरह तलब र सुविधा उपलब्ध गराउन, बढुवा–ग्रेडिङ प्रणाली लागू गर्न, तलब वितरण नियमित गर्न, र माध्यमिक तहका शिक्षक सरह सुविधा उपलब्ध गराउन माग गरेका थिए।

म्यादभित्र माग पूरा नभएपछि शिक्षक र कर्मचारीहरूले तालाबन्दी गर्ने निर्णय गरे। युनियनका अनुसार, क्याम्पस प्रमुखले माग सम्बोधन नगरेसम्म वा राजीनामा नदिएसम्म आन्दोलन जारी रहनेछ।

तालाबन्दीका कारण हाल क्याम्पसका सम्पूर्ण प्रशासनिक कार्य ठप्प भएका छन्। हजारौँ विद्यार्थी अध्ययनरत क्याम्पसमा शैक्षिक गतिविधि प्रभावित हुने देखिएको छ। विद्यार्थी र अभिभावकहरूमा यस घटनापछि चिन्ता बढेको छ।

यस विषयमा बुझ्न क्याम्पस प्रमुख किशोरी राय यादवलाई सम्पर्क गर्दा उनले आफू हाल शिक्षकहरूसँग बैठकमा रहेको र पछि कुरा गर्ने प्रतिक्रिया दिएका छन्।

Previous Post

भारतसँगको एकदिवसीय र टी–२० शृङ्खलाका लागि अस्ट्रेलियाको टोली घोषणा

Next Post

जेन–जी आन्दोलनमा क्षतिको कुल बीमा दाबी रकम २३ अर्ब २२ करोड रुपैयाँ पुग्यो

चराचर खबर

चराचर खबर

Next Post
जेन–जी आन्दोलनमा क्षतिको कुल बीमा दाबी रकम २३ अर्ब २२ करोड रुपैयाँ पुग्यो

जेन–जी आन्दोलनमा क्षतिको कुल बीमा दाबी रकम २३ अर्ब २२ करोड रुपैयाँ पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l