Friday, August 7, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

जेन–जी आन्दोलनमा क्षतिको कुल बीमा दाबी रकम २३ अर्ब २२ करोड रुपैयाँ पुग्यो

चराचर खबर by चराचर खबर
October 9, 2025
in समाचार
0
जेन–जी आन्दोलनमा क्षतिको कुल बीमा दाबी रकम २३ अर्ब २२ करोड रुपैयाँ पुग्यो
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै – जेन–जी आन्दोलनबाट भएको क्षतिको कुल बीमा दाबी रकम २३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । गएको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम हिजोसम्ममा सबै निर्जीवन बीमा कम्पनीमा गरी झन्डै २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ पुगेको हो ।

नेपाल बीमा प्राधिकरणले १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा कुल ३ हजार ९९ वटा बीमा दाबी परेको जनाएकाे छ । प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीमा परेको कुल दाबी रकममध्ये हिजोसम्ममा अग्रिम भुक्तानीसमेत गरी झन्डै १ अर्ब २९ करोड १९ लाख रुपैयाँ भुक्तानी भएको छ । निर्जीवन बीमा कम्पनीले क्षतिको सर्भे प्रतिवेदन तयारीका लागि २ हजार ७ सय ६ को सङ्ख्यामा सर्भेयर खटाएकोमा अहिलेसम्ममा ३ सय ७४ को सङ्ख्यामा सर्भे प्रतिवेदन पेश भएका छन् ।

सरकारले पनि क्षतिको प्रारम्भिक आँकलन गरिसकेको छ । जेन–जी आन्दोलनका क्रममा देशभर झन्डै १ खर्ब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । यो आँकडा सार्वजनिक र निजी क्षेत्रको प्रारम्भिक अध्ययनको हो । आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट तथा आगजनीका कारण धेरै क्षति देखिएको छ ।

आन्दोलनका क्रममा सबैभन्दा धेरै सार्वजनिक सम्पत्तिमा मात्रै १ खर्ब रुपैयाँ बराबरको क्षति भएको यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले जानकारी दिनुभएको थियो ।

Previous Post

हरि खेतान क्याम्पसमा शिक्षक–कर्मचारीद्वारा तालाबन्दी, प्रशासनिक कार्य अनिश्चितकालका लागि ठप्प

Next Post

सुनको भाउले हरेक दिन किन रेकर्ड तोड्दैछ ?

चराचर खबर

चराचर खबर

Next Post
सुनको भाउले हरेक दिन किन रेकर्ड तोड्दैछ ?

सुनको भाउले हरेक दिन किन रेकर्ड तोड्दैछ ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l