Saturday, May 30, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

कांग्रेसमा विशेष महाधिवेशन पक्षधर २४८८ (५३ प्रतिशत )महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाइयोकांग्रेसमा विशेष महाधिवेशन पक्षधर २४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाइयो

चराचर खबर by चराचर खबर
October 15, 2025
in समाचार
0
कांग्रेसमा विशेष महाधिवेशन पक्षधर २४८८ (५३ प्रतिशत )महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाइयोकांग्रेसमा विशेष महाधिवेशन पक्षधर २४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाइयो

केन्द्रीय समितिको बैठक ललितपुर, २८ असोजः नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा मङ्गलबार बसेको पार्टीको केन्द्रीय समितिको बैठक । तस्बिरः गोपाल दाहालरासस

0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

२९ असोज,बिरगंज –  नेपाली कांग्रेसमा विशेष महाधिवेशनको पक्षमा संकलन भएको हस्ताक्षर बुझाइएको छ ।

विशेष महाधिवशेन पक्षधरहरुले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका हुन् ।
कांग्रेसका युवा नेता गुरुराज घिमिरेले पार्टी कार्यालय सानेपामा देशभरबाट संकलित २ हजार ४ सय ८८ हस्ताक्षर बुझाएका हुन् । कांग्रेसको १४औँ महाधिवेशनमा देशभरबाट ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि रहेका थिए ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा रहेका ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ६८ जनाले दल त्याग गरेका छन् । यस्तै यसबिचमा ४६ जना महाधिवेशन प्रतिनिधिको मृत्यु भएको बताइएको छ । अहिले महाधिवेशन प्रतिनिधि ४५५६ जना छन् । तीमध्ये २४८८ जना प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका हुन् ।

कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाएर विशेष महाधिवेशन माग गरेमा तीन महिनाभित्र त्यस्तो विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।

महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर बुझेपछि कार्यवाहक सभापति खड्काले भने कुनै प्रतिक्रिया दिएका छैनन् । उनले ‘जय नेपाल’ भन्दै त्यहाँबाट बाहिरिएका थिए ।

जेनजी आन्दोलनपछि नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन नै बोलाएर भए पनि तत्काल नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठिरहेको थियो । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले देशभर समयमा नियमित महाधिवेशन गराउन दबाब दिनेगरी विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन अभियान चलाएका थिए ।

यता कांग्रेसले मंसिरको अन्तिम साता महाधिवेशन गर्नेगरी तयारी गरेको छ ।

Previous Post

महाभारत का ‘कर्णको निधन

Next Post

स्वास्थ्य सचिवलाई प्रधानमन्त्रीको निर्देशन- नर्सको समस्या तत्काल समाधान गर्नू

चराचर खबर

चराचर खबर

Next Post
स्वास्थ्य सचिवलाई प्रधानमन्त्रीको निर्देशन- नर्सको समस्या तत्काल समाधान गर्नू

स्वास्थ्य सचिवलाई प्रधानमन्त्रीको निर्देशन- नर्सको समस्या तत्काल समाधान गर्नू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l