Friday, August 7, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

स्वास्थ्य सचिवलाई प्रधानमन्त्रीको निर्देशन- नर्सको समस्या तत्काल समाधान गर्नू

चराचर खबर by चराचर खबर
October 16, 2025
in समाचार
0
स्वास्थ्य सचिवलाई प्रधानमन्त्रीको निर्देशन- नर्सको समस्या तत्काल समाधान गर्नू
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

३० असोज, 2082- प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छिन् ।

प्रधानमन्त्री कार्कीले आज स्वास्थ्य सचिव डा. विकास देवकोटालाई बोलाएर तत्काल आन्दोलनरत नर्सहरूको समस्या समाधान गर्न निर्देशन दिएकी हुन् ।

स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारीमा उनी छिन् । उनले नर्सको आन्दोलनको विषयमा बुझेर तत्काल सम्बोधन हुने गरी कदम चाल्न र प्रगतिबारे जानकारी गराउन निर्देशन दिइन् ।

देशमा रहेका दक्ष जनशक्तिलाई निकै न्यून पारिश्रमिक दिएर राखिनु उचित नभएकाले प्रधानमन्त्री कार्कीले उनीहरूको समस्या समाधान नभए ठूलो जनशक्ति विदेश पलायन हुने जोखिम बढ्ने बताइन् ।

स्वास्थ्य मन्त्रालयको निर्णय बमोजिम पाचौँ तह बराबरको पारिश्रमिक पाउनु पर्ने माग राख्दै कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरू आन्दोलनमा छन् ।

मन्त्रालयले गत मंसिरमा सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूको पारिश्रमिक ३४ हजार ७३० हुनु पर्ने निर्णय गरेको थियो ।

Previous Post

कांग्रेसमा विशेष महाधिवेशन पक्षधर २४८८ (५३ प्रतिशत )महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाइयोकांग्रेसमा विशेष महाधिवेशन पक्षधर २४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाइयो

Next Post

वीरगन्जमा कुशवाहा मोटर्सद्वारा जापानिज इलेक्ट्रिक स्कुटरको बिक्री सुरु, आकर्षक छुट र ‘लक्की ड्रा’ योजना सहित

चराचर खबर

चराचर खबर

Next Post
वीरगन्जमा कुशवाहा मोटर्सद्वारा जापानिज इलेक्ट्रिक स्कुटरको बिक्री सुरु, आकर्षक छुट र ‘लक्की ड्रा’ योजना सहित

वीरगन्जमा कुशवाहा मोटर्सद्वारा जापानिज इलेक्ट्रिक स्कुटरको बिक्री सुरु, आकर्षक छुट र ‘लक्की ड्रा’ योजना सहित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l