Thursday, August 6, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

जेनजी’ प्रदर्शनका क्रममा भएको क्षतिको मूल्याङ्कनका लागि ४४ जिल्लामा ३८ टोली परिचालन

चराचर खबर by चराचर खबर
October 31, 2025
in राजनीति, समाचार, समाज, सम–सामयिक, सूचना/प्रविधि
0
जेनजी’ प्रदर्शनका क्रममा भएको क्षतिको मूल्याङ्कनका लागि ४४ जिल्लामा ३८ टोली परिचालन
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

कात्तिक १४ – गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना र निजी प्रतिष्ठानमा भएको क्षतिको मूल्याङ्कन तथा पुनर्निर्माण योजना तयार गर्नका लागि ४४ जिल्लामा ३८ वटा अध्ययन टोली परिचालन भएका छन्।

राष्ट्रिय योजना आयोगका सहायक प्रवक्ता डा. दिवाकर लुइँटेलका अनुसार टोलीहरूलाई अबको एक हप्ता देखि १० दिनभित्र सबै क्षतिको विवरण सङ्कलन गर्ने गरी खटाइएको हो। तथ्याङ्क सङ्कलनमा एकरूपता र सहजता ल्याउन आयोगले ‘क्षति मूल्याङ्कन सर्वेक्षण पोर्टल’ सञ्चालन गरेको छ।

यस पोर्टलमार्फत सम्बन्धित पालिका, प्रदेश र सङ्घीय कार्यालयहरूले अनलाइन प्रणालीद्वारा क्षतिको विवरण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यसका लागि आयोगले क्षति पुगेका ४४ जिल्लाका पालिका, प्रदेश तथा सङ्घीय सरकारका विषयगत मन्त्रालय र केन्द्रीय निकायलाई ‘युजरनेम’ र ‘पासवर्ड’ उपलब्ध गराएको छ।

डा. लुइँटेलका अनुसार आइतवारसम्म सबै टोली कार्यस्थलमा पुगिसक्ने र एक हप्ताभित्र तथ्याङ्क सङ्कलन सम्पन्न गर्ने योजना छ। सङ्कलित सबै विवरणहरू सर्वेक्षण पोर्टलमार्फत आयोगमा संकलन गरी पुनर्निर्माण योजना तयार पारिनेछ।

Previous Post

ओली र लेखकलाई विदेश भ्रमणमा रोक लगाउने निर्णयविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

Next Post

दोस्रो टी–२० क्रिकेटमा अस्ट्रेलियाले भारतलाई ४ विकेटले हरायाे

चराचर खबर

चराचर खबर

Next Post
दोस्रो टी–२० क्रिकेटमा अस्ट्रेलियाले भारतलाई ४ विकेटले हरायाे

दोस्रो टी–२० क्रिकेटमा अस्ट्रेलियाले भारतलाई ४ विकेटले हरायाे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l