Thursday, August 6, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

ओली र लेखकलाई विदेश भ्रमणमा रोक लगाउने निर्णयविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

चराचर खबर by चराचर खबर
October 31, 2025
in समाचार
0
ओली र लेखकलाई विदेश भ्रमणमा रोक लगाउने निर्णयविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई विदेश भ्रमणमा रोक लगाउने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

शुक्रबार न्यायाधीश डा.मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले सरकारले अनुमतिबिना काठमाडौं उपत्यका बाहिर जान नपाउने निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको हो।
जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली, पूर्वगृहमन्त्री लेखक, पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, पूर्व राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई सरकारको अनुमतिबिना काठमाडौं उपत्यका बाहिर जानमा रोक लगाउन सिफारिस गरेको थियो।
अधिवक्ता डा. प्रेमराज सिलवालले उक्त निर्णय गैरकानुनी भएको भन्दै खारेज गर्न र तत्काल कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेशको माग गरेका छन्।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा उनीहरू उल्लेखित पदमा बहाल रहेका थिए। जेनजी आन्दोलनको घटनामा अनुसन्धानको दायरामा रहेको र जुनसुकै बेला पनि आयोगमा उपस्थित हुनुपर्ने भएकाले विदेश भ्रमण र उपत्यकाबाट बाहिर जान नपाउने व्यवस्था गर्न सम्बन्धित निकायलाई पत्राचार गरिएको थियो।

आन्दोलनमा धनजनको ठूलो क्षति भएपछि केपी ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। जेनजी समूहकै माग‍ अनुसार नयाँ सरकार बनेको छ। जेनजी समूहले नै पाँचजनालाई उपत्यका छाड्न रोक लगाउनुपर्ने माग गरेपछि उक्त निर्णय भएको थियो।

Previous Post

भन्सार छलीको मल बरामद

Next Post

जेनजी’ प्रदर्शनका क्रममा भएको क्षतिको मूल्याङ्कनका लागि ४४ जिल्लामा ३८ टोली परिचालन

चराचर खबर

चराचर खबर

Next Post
जेनजी’ प्रदर्शनका क्रममा भएको क्षतिको मूल्याङ्कनका लागि ४४ जिल्लामा ३८ टोली परिचालन

जेनजी’ प्रदर्शनका क्रममा भएको क्षतिको मूल्याङ्कनका लागि ४४ जिल्लामा ३८ टोली परिचालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l