Monday, August 3, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

निजामती प्रशासन जति चुस्त भयो, मुलुकको सुशासनको स्तर त्यति नै माथि जान्छ : मुख्यसचिव अर्याल

चराचर खबर by चराचर खबर
November 26, 2025
in समाचार
0
निजामती प्रशासन जति चुस्त भयो, मुलुकको सुशासनको स्तर त्यति नै माथि जान्छ : मुख्यसचिव अर्याल
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

मुख्य सचिव सुमनराज अर्यालले सार्वजनिक प्रशासन सञ्चालन तथा व्यवस्थापनको जीवन्तता निजामती  प्रशासनको स्वरुप,सबलता र क्रियाशीलतामा निर्भर हुने बताएका छन्। बुधबार  प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पदभार ग्रहणपछि मुख्यसचिव अर्यालले निजामती प्रशासन जति चुस्त,स्वच्छ,इमान्दार , जनसेवी विकासमैत्री हुनसक्यो मुलुकमा सुशासनको स्तर त्यत्ति नै माथि जाने बताए।

उनले अनुशासन र चेन अफ कमाण्ड निजामति सेवाका आधारभूत तत्व भएको बताए। यिनलाई कुनै पनि बहानामा भत्काउन र बिगार्न नहुने उनको भनाइ छ। उनले भने,’अनुशासन र चेन अफ कमाण्ड निजामति सेवाका आधारभूत तत्व भएको बताए। यिनलाई कुनै पनि बहानामा भत्काउन र बिगार्न हुँदैन। सबै साथीहरूलाई यी दुई कु्राहरूलाई सदैव हृदयङ्गम गरी आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्न आग्रह गर्न चाहन्छु।’

यसैगरी मुख्यसचिव अर्यालले मुलुकको समृद्धि र सुशासनका लागि राजनीति र प्रशासन एक अर्काका परिपुरक भएको बताउँदै राजनीति र प्रशासनबीच आपसी विश्वास,समन्वय र सहयोग हुनु आवश्यक रहेको  औंल्याए।

उनले जेनजी पुस्ताका असल मागहरू गम्भीरताका साथ मनन गर्नुपर्ने बताए। उनले भने,’जेनजी पुस्ताले हामीसँग असल र उत्तरदायी शासनको माग गरेका छन्। देशभित्रै गरिखाने वातावरण निर्माणका लागि दबाब दिएका छन्।  यो कुरालाई हामीले गम्भीरताका साथ मनन गरी तदनुसार काम गर्न आवश्यक छ। यस सन्दर्भमा निजामती सेवालाई जनउत्तरदायी,सदाचारयुक्त र आधुनिक प्रविधिमा आधारित नतिजामुखी संयन्त्रको रुपमा स्थापित गर्न नेतृ्त्व तहमा काम गर्ने हामीले आवश्यक  पहलकदमी लिनुपर्छ।’

उनले मुख्य सचिवको रुपमा आफ्नो स्वार्थ र एजेन्डा केही नहुने बताउँदै जिम्मेवारीका साथ काम गर्ने बताए।

Previous Post

टेस्ट क्रिकेटमा भारतकाे अहिलेसम्मकै ठूलाे हार, दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित

Next Post

राष्ट्रिय स्वतन्त्र पार्टीका सातै प्रदेशका इन्चार्ज पदमुक्त

चराचर खबर

चराचर खबर

Next Post
रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सातै प्रदेशका इन्चार्ज पदमुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l