Monday, August 3, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

राष्ट्रिय स्वतन्त्र पार्टीका सातै प्रदेशका इन्चार्ज पदमुक्त

चराचर खबर by चराचर खबर
November 26, 2025
in राजनीति, समाचार, सम–सामयिक, सूचना/प्रविधि
0
रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

 मंसिर १०  – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशका इन्चार्जहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

गएराति बसेको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जको भूमिकामा रहेका सचिवालय सदस्यहरूलाई इन्चार्जबाट हटाएर अब केन्द्रीय सदस्यहरूलाई प्रदेश इन्चार्जको भूमिका दिने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । नयाँ प्रदेश इन्चार्ज भने तोकिएका छैनन् ।

रास्वपाले गएको वैशाखमा कोशीमा सन्तोष परियार, मधेशमा मनिष झा, बागमतीमा निमा अधिकारी, गण्डकीमा शिशिर खनाल, लुम्बिनीमा विपीन आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिममा हरि ढकाललाई प्रदेश इन्चार्ज तोकेको थियो । कोशी प्रदेश इन्चार्ज रहेका परियारले यसअघि नै रास्वपा परित्याग गरिसक्नुभएको छ ।

अहिले केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा आयोगमा पदहरू रिक्त छन् । ती रिक्त रहेका पदहरू पूर्तिका लागि केन्द्रीय समिति सदस्यहरूबाट नाम सिफारिशका लागि अनुरोध गर्ने निर्णय गरेको झाले बताउनुभयो ।

Previous Post

निजामती प्रशासन जति चुस्त भयो, मुलुकको सुशासनको स्तर त्यति नै माथि जान्छ : मुख्यसचिव अर्याल

Next Post

कांग्रेसमा विशेष महाधिवेशन माग गर्नेहरू भन्छन्- हस्ताक्षरको अवमूल्यन नहोस्

चराचर खबर

चराचर खबर

Next Post
कांग्रेसमा विशेष महाधिवेशन माग गर्नेहरू भन्छन्- हस्ताक्षरको अवमूल्यन नहोस्

कांग्रेसमा विशेष महाधिवेशन माग गर्नेहरू भन्छन्- हस्ताक्षरको अवमूल्यन नहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l