नेपाली काङ्ग्रेसले प्रीयन्का दासलाई संघीय प्रतिनिधि सभा तर्फ समानुपातिक सांसदको उम्मेदवार बनाएको छ। दास विगत १५ वर्षदेखि पत्रकारितामार्फत समाजलाई सुसूचित गर्दै आएकी छन्। उनले सञ्चार क्षेत्रमार्फत जनचेतना अभिवृद्धि, सुशासन र समावेशी प्रतिनिधित्वका विषयमा उल्लेखनीय योगदान पुर्याउँदै आएकी छन् ।
दासको लामो पत्रकारिता अनुभव, सामाजिक सक्रियता र पार्टीप्रतिको निष्ठालाई मूल्यांकन गर्दै काङ्ग्रेसले संघीय समानुपातिक उम्मेदवारका रूपमा अघि सारेको हो। उनी ब्रोडकास्टिङ्ग एशोसिएसन अफ नेपाल मधेस प्रदेशको पुर्व कोषाध्यक्ष तथा हाल केन्द्रिय सदस्य समेत रहेकी छिन्।

