वीरगंज महानगरपालिकाले आज शोक विदा दिएको छ। महानगरपालिकामा कार्यरत कार्यालय सहयोगी राजु कुमार थापाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै महानगरपालिकाले शोक विदा दिएको हो। थापा यही पुस ६ गते सवारी दुर्घटनामा गम्भीर घाइते भई उपचाररत रहनु भएकोमा पुस १२ गते उपचारकै क्रममा निधन भएको थियो ।
दिवंगत थापा वीरगंज महानगरपालिकामा २०५२ साल माघ १२ गते कार्यालय सहयोगीका रूपमा नियुक्त भई लामो समयदेखि निरन्तर कार्यरत रहँदै आउनु भएको थियो। उहाँको आकस्मिक निधनले महानगरपालिका परिवार मात्र नभई सम्पूर्ण कर्मचारी वृत्तमा शोकको वातावरण सिर्जना भएको छ।

