वीरगन्ज महानगरपालिका–१० घडिअर्वास्थित श्मशान घाटमा रहेको ऐतिहासिक शिव–पार्वती मन्दिरको व्यवस्थापनका लागि नयाँ नेतृत्व चयन गरिएको छ। अजय गुप्ताको अध्यक्षतामा शिव–पार्वती मन्दिर व्यवस्थापन समितिको तदर्थ समिति सर्वसम्मत रूपमा गठन गरिएको हो। समितिको उपाध्यक्षमा नन्दु साह कानु, सचिवमा बन्टीलाल साह कानु तथा कोषाध्यक्षमा राकेश साह कानु चयन भएका छन्। पूर्व वडासदस्य अरबिन्द साहलाई समितिको सल्लाहकारमा चयन गरिएको छ।
नवगठित तदर्थ समितिलाई आगामी तीन महिनाभित्र संस्थाको विधान तयार गरी कानुनी मान्यता प्राप्त गर्ने जिम्मेवारी दिइएको छ। नयाँ समितिले स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, मन्दिर व्यवस्थापनलाई व्यवस्थित बनाउने तथा श्रद्धालुहरूको सुविधा विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको छ।

