- सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंक लुटपाटमा बैंक रहेको घरका धनी छविलाल स्याङ्तानको मुख्य संलग्नता रहेको खुलासा भएको छ। प्रहरीले लुटपाटमा संलग्न ७ जनालाई पक्राउ गरी २ करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ बरामद गरेको छ। लुटेराहरूले नक्कली प्लास्टिकको पेस्तोल र खुकुरी प्रयोग गरी बैंक लुटेको खुलेको छ ।
घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। बैंक लुटपाटको योजना गत असोजमै बनाइएको थियो। घरधनी स्याङ्तान र चतुरमान बज्युले बैंकको वस्तुस्थिति र सुरक्षा अवस्थाबारे सूचना आदानप्रदान गरी लुटपाटमा सघाएको अनुसन्धानबाट खुलेको छ ।

