धनुषा–३ बाट पत्रकार दिवाकर साह स्वतन्त्र उम्मेदवार
चुनाव चिन्ह ‘आपँ’ पाए
पत्रकारितामार्फत लामो समयदेखि जनसरोकारका विषय उठाउँदै आएका दिवाकर साहले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। निर्वाचन आयोगले उहाँलाई फलफूलको राजा भनेर चिनिने ‘आपँ’ चुनाव चिन्ह प्रदान गरेको छ।
स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका साहले आम नागरिकका आवाज संसदसम्म पुर्याउने उद्देश्यसहित उम्मेदवारी दिएको जनाएका छन्। ‘आपँ’ चिन्हसहित चुनावी प्रतिस्पर्धामा उत्रिँदा उहाँले पारदर्शिता, सुशासन र जनमुखी राजनीतिलाई आफ्नो मुख्य एजेन्डा बनाउने बताउनुभएको छ।
धनुषा–३ मा उहाँको उम्मेदवारीले चुनावी माहोल थप रोचक बनेको छ।

