- भोट माग्ने नेपाली संग रोजगारी दिने भारतीय नागरिकलाई
अनिल रूगटाको निजी कम्पनीमा ७० प्रतिशत जति भारतीय कामदार प्रयोग गरिएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्। स्थानीयका अनुसार काम गर्ने उमेरका नेपाली युवा बेरोजगार बसिरहँदा बाहिरबाट आएका भारतीय नागरिकलाई प्राथमिकता दिइनु गम्भीर अन्याय हो।
स्थानीयवासीले अनील रुमटामाथि चुनावका बेला नेपाली युवालाई रोजगारी दिलाउने आश्वासन दिएर मत लिएको तर जितेपछि त्यही युवालाई बेवास्ता गरेको आरोप लगाएका छन्। “मत माग्दा नेपालीको नाम लिने, काम दिनुपर्ने बेला विदेशीलाई रोजगारी दिने प्रवृत्ति स्वीकार्य हुँदैन,” एक स्थानीयले बताए।
गाउँ–गाउँमा गरिएको ग्राउन्ड रिपोर्टिङका क्रममा धेरै नेपाली युवा काम खोज्दै भौतारिइरहेका देखिए भने सोही स्थानमा भारतीय नागरिकहरू रोजगारीमा संलग्न रहेको अवस्था भेटिएको छ। यसले स्थानीयस्तरमा असन्तोष मात्र होइन, सामाजिक तनावसमेत बढाएको जनाइएको छ।
स्थानीय युवा तथा सामाजिक अगुवाहरूले रोजगारीमा स्थानीयलाई प्राथमिकता दिन स्पष्ट नीति बनाउन माग गरेका छन्। उनीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै तत्काल अनुगमन र आवश्यक कदम चाल्न आग्रह गरेका छन्।

