जाबेद एकबाल हैदरको घरदैलोमा जनलहर – नाग्वा र इनर्वामा उत्साहजनक स्वागत
पिपुल फर्ष्ट पार्टीका तर्फबाट पर्सा क्षेत्र नं. १ का उम्मेदवार जाबेद एकबाल हैदरले आज वडा नं. १६ अन्तर्गत नाग्वा र इनर्वा क्षेत्रमा प्रभावशाली घरदैलो अभियान सम्पन्न गर्नुभएको छ।
कार्यक्रमका क्रममा स्थानीय बासिन्दाले उहाँका दूरदर्शी सोच, विकासमुखी योजना र जनपक्षीय अडानप्रति खुलेर समर्थन व्यक्त गरे। घर–घरमा पुगेर जनताको समस्या सुन्दै समाधानका ठोस प्रतिबद्धता जनाएपछि उहाँप्रति स्थानीयको विश्वास झनै मजबुत बनेको देखियो।
क्षेत्रको समग्र विकास, सुशासन र जनताको जीवनस्तर उकास्ने दृढ संकल्पका साथ अघि बढ्नुभएका हैदरलाई नागरिकहरूले आत्मीय साथ, हौसला र आशीर्वाद प्रदान गरेका छन्।
“अहिले नभए कहिले? हामी नभए कसले?” भन्ने मूल नाराका साथ परिवर्तनका लागि यसपटकको रोजाइ— पिपुल फर्ष्ट पार्टी!

