पर्सा क्षेत्र नं. ४ मा चुनावी माहोल : श्रम संस्कृति पार्टी र एमालेबीच कडा प्रतिस्पर्धा, टेकबहादुर शाक्यप्रति मतदाता असन्तुष्ट
पर्सा निर्वाचन क्षेत्र नं. ४ मा गरिएको पछिल्लो मत सर्भेक्षणले रोचक चुनावी समीकरण देखाएको छ। स्थानीय मतदाताको प्रतिक्रिया अनुसार यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा श्रम संस्कृति पार्टीका उम्मेदवार विष्णु लोप्चन र नेकपा एमालेका उम्मेदवार जालिम मुखियाबीच हुने देखिएको छ।
सर्वेक्षणका क्रममा जनताबाट प्राप्त प्रतिक्रियाले घण्टी चुनाव चिह्नबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका टेकबहादुर शाक्यप्रति असन्तुष्टि बढेको पाइएको छ। २०७९ सालको निर्वाचनमा पनि उम्मेदवार रहेका शाक्यले त्यसबेला नेपाली कांग्रेसका रमेश रिजालसँग राजनीतिक समझदारी गरेको आरोप स्थानीय मतदाताले लगाएका छन्।
मतदाताको भनाइ अनुसार टेकबहादुर शाक्यले अघिल्लो चुनावमा “यो मेरो व्यक्तिगत चुनाव होइन, कार्यकारी प्रधानमन्त्री बालेन शाहको चुनाव हो, म जिते बालेन प्रधानमन्त्री बन्नुहुन्छ” भन्दै भ्रम फैलाएको गुनासो छ। जानकी टोल, मसिहानी र जगरनाथपुर क्षेत्रमा उनले यही किसिमका अभिव्यक्ति दिएर मतदातालाई प्रभावित पार्न खोजेको आरोप स्थानीयले लगाएका छन्।
तर पछिल्लो समय श्रम संस्कृति पार्टीका नेता हर्क साम्पाङप्रतिको क्रेज बढ्दै गएको र त्यसको प्रभाव विष्णु लोप्चनको पक्षमा देखिन थालेको सर्वेक्षणले देखाएको छ।
मतदाताको प्रतिक्रियाअनुसार हालको अवस्थालाई यसरी आँकलन गरिएको छ–
पहिलो स्थान – विष्णु लोप्चन (श्रम संस्कृति पार्टी)
दोस्रो स्थान – जालिम मुखिया (नेकपा एमाले)
तेस्रो स्थान – टेकबहादुर शाक्य
चौथो स्थान – रमेश रिजाल
चुनाव नजिकिँदै जाँदा मतदाताको मनोभावना अझै परिवर्तन हुन सक्ने भए पनि हालको अवस्थामा श्रम संस्कृति पार्टी र एमालेबीच नै मुख्य भिडन्त हुने राजनीतिक विश्लेषकहरूको अनुमान छ।
– जनताको आवाजमा आधारित रिपोर्ट

