पर्सा–१ मा जावेद एकबाल हैदरको घरदैलो: स्थानीय समस्याप्रति प्रतिबद्धता, उत्साहजनक समर्थन
पिपुल फर्ष्ट पार्टीका साझा उम्मेदवार जावेद एकबाल हैदरले आज पर्सा क्षेत्र नम्बर–१, वडा नम्बर–५ मा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ। कार्यक्रममा उहाँले स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, गुनासा र महत्वपूर्ण सुझावहरू संकलन गर्नुभएको थियो।
स्थानीय तहमा देखिएका विविध समस्यालाई नजिकबाट बुझेर समाधानका लागि ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उम्मेदवार हैदरले जनताको आवश्यकता अनुसार विकासका कार्यक्रम अघि बढाउने बताउनुभयो।
घरदैलोका क्रममा वडावासीहरूले उम्मेदवारप्रति पूर्ण समर्थन जनाउँदै परिवर्तनका लागि साथ दिने वचन दिएका छन्। स्थानीयहरूले उहाँको स्पष्ट दृष्टिकोण र जनमैत्री सोचप्रति विश्वास व्यक्त गरेका थिए।
“परिवर्तन अब टाढा छैन, हाम्रो साथ हाम्रो उम्मेदवारलाई” भन्ने नारासहित कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको छ।

