“वीरगन्जको शिर ठाडो हुने गरी काम गर्छु” – उम्मेदवार ओमप्रकाश सरार्फको प्रतिबद्धता
पर्सा क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगन्जको सम्मान र विकासका लागि सशक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
माघ २३ गते वीरगन्ज महानगरपालिका वडा नम्बर–२ घुसुकपुरमा आयोजित भेटघाट तथा घरदैलो कार्यक्रमका क्रममा उहाँले स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै वीरगन्जका समस्या, विकासका मुद्दा र मधेसको अधिकार तथा पहिचानको सवालमा आफू निरन्तर संघर्षरत रहेको बताउनुभयो।
उम्मेदवार सरार्फले संसद तथा सम्बन्धित निकायमा वीरगन्ज र वीरगन्जवासीको शिर ठाडो हुने गरी काम गर्ने दृढ संकल्प व्यक्त गर्दै देश र मधेसको निकासका लागि उत्कृष्ट दृष्टिकोण जनमत पार्टी र डा. सीके राउतसँग मात्र रहेको दाबी गर्नुभयो। साथै उहाँले “हर्न छाप”मा मतदान गरी जनमत पार्टीलाई विजयी गराउन सबैसँग अपिल गर्नुभयो।
कार्यक्रममा नेताहरू विध्या गुप्ता, अनिता रौनियार, नजमा खातुन, भुपेन्द्र साह, डा. मनोज कुमार, सीए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, अञ्जना गुप्ता, सत्युग साह लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

