Wednesday, July 29, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

जगरनाथपुर–२२ मा अनिल रुङटाको घरदैलो : दाबी धेरै, विश्वासमा प्रश्नचिन्ह

चराचर खबर by चराचर खबर
February 8, 2026
in अर्थ, खेलकुद, मनोरञ्जन, राजनीति, विचार, विश्व, समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
जगरनाथपुर–२२ मा अनिल रुङटाको घरदैलो : दाबी धेरै, विश्वासमा प्रश्नचिन्ह
1
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

 

जगरनाथपुर–२२ मा अनिल रुङटाको घरदैलो : दाबी धेरै, विश्वासमा प्रश्नचिन्ह

 

जगरनाथपुर गाउँपालिका–२२ मा नेपाली कांग्रेस क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङटाले आयोजना गरेको रात्री घरदैलो कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमलाई भव्य र उत्साहपूर्ण भनिए पनि स्थानीय स्तरमा भने यसप्रति मिश्रित प्रतिक्रिया देखिएको छ।

घर–घर पुगेर मतदातासँग संवाद गर्ने क्रममा उम्मेदवार रुङटाले संविधान रक्षा, लोकतन्त्रको मजबुती, समावेशी विकास, शिक्षा–स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई आफ्नो प्रमुख एजेन्डा भएको दाबी गरे। उनले कांग्रेसले विगतमा लोकतन्त्रका लागि ठूलो भूमिका खेलेको भन्दै आगामी निर्वाचनलाई विकास र स्थायित्वको निर्णायक मोड भएको बताए।

तर स्थानीय केही मतदाताले भने विगतमा पटक–पटक आश्वासन मात्रै बाँडिएको, तर व्यवहारमा अपेक्षित विकास नदेखिएको गुनासो गरेका छन्। “हरेक चुनावमा यस्तै भाषण सुनिन्छ, तर चुनाव सकिएपछि नेताहरू फर्केर आउँदैनन्,” एक स्थानीयले नाम नखुलाउने सर्तमा टिप्पणी गरे।

कार्यक्रममा कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय द्विवेदी, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंह, सचिव हरि यादवसहित पार्टीका थुप्रै नेता–कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो। नेताहरूको उपस्थितिलाई शक्ति प्रदर्शनको रूपमा हेरिए पनि आम सर्वसाधारणको वास्तविक समस्या समाधानप्रति कति गम्भीरता छ भन्ने प्रश्न भने यथावत् छ।

क्षेत्र नं. १ मा चुनावी माहोल तात्दै जाँदा कांग्रेसको यो कार्यक्रमलाई संगठन सुदृढीकरणको प्रयास भनिए पनि मतदाताबीच विश्वास जित्न अझै धेरै मेहनत आवश्यक रहेको विश्लेषकहरूको भनाइ छ।

Previous Post

वडा नं.–१६ मा उम्मेदवार ओमप्रकाश सरार्फको बलियो पकड, भन्सार टोलमा भव्य स्वागत

Next Post

मुस्ताङमा निर्वाचन सुरक्षाका लागि नेपाली सेनाको सक्रिय गस्ती

चराचर खबर

चराचर खबर

Next Post
मुस्ताङमा निर्वाचन सुरक्षाका लागि नेपाली सेनाको सक्रिय गस्ती

मुस्ताङमा निर्वाचन सुरक्षाका लागि नेपाली सेनाको सक्रिय गस्ती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l