वडा नं.–१६ मा उम्मेदवार ओमप्रकाश सरार्फको बलियो पकड, भन्सार टोलमा भव्य स्वागत
वीरगन्ज–१६ भन्सार टोलमा जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फलाई स्थानीयले भव्य स्वागत गरेका छन्। माघ २४ गते सम्पन्न घरदैलो तथा भेटघाट कार्यक्रममा सरार्फप्रति जनसमर्थन उल्लेखनीय रूपमा देखिएको थियो, जसलाई समर्थकहरूले “सरार्फको किल्ला” बन्दै गएको रूपमा चित्रण गरेका छन्।
कार्यक्रममा बोल्दै उम्मेदवार सरार्फले महिला सशक्तीकरणबिना समाज समृद्ध हुन नसक्ने बताए। उनले महिला साक्षरता, सीप विकास, उद्यमशीलता र आयआर्जनका कार्यक्रममार्फत महिलालाई आत्मनिर्भर बनाउने ठोस योजना आफूसँग रहेको दाबी गरे। वीरगन्ज र मधेसका अधिकार, पहिचान तथा विकासका मुद्दामा निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै उनले संसदमा पुगेर वीरगन्जवासीको शिर उँचो राख्ने प्रतिबद्धता व्यक्त गरे।
देश र मधेसको निकासका लागि जनमत पार्टी र डा. सीके राउतको नेतृत्व मात्र उपयुक्त विकल्प रहेको भन्दै उनले हर्न छापमा मतदान गर्न मतदातासँग अपिल गरे।
कार्यक्रममा पूर्व एसएसपी अनुराग द्विवेदी, नेतृ अनिता रौनियार, समानुपातिक उम्मेदवारहरू विजय पासवान, बबिता पुडासैनी लगायत नजमा खातुन, भुपेन्द्र साह, डा. मनोज कुमार, सीए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, अन्जना गुप्ता, सत्युग साहसहितका नेता–कार्यकर्ताको सहभागिता रहेको थियो।

