नेताहरू स्वार्थमा लिप्त, देश बेवारिसे अवस्थामा – पिकिं यादव
बारा, कलैया – माघ २७
युवा नेत्री पिकिं यादवले देशको वर्तमान राजनीतिक अवस्थाप्रति कडा असन्तुष्टि व्यक्त गर्दै नेताहरू व्यक्तिगत स्वार्थमा डुबेका कारण मुलुक बेवारिसे जस्तै बनेको टिप्पणी गरेकी छन्।
आगामी चुनाव नजिकिँदै गर्दा उनले सार्वजनिक रूपमा धारणा राख्दै भनिन्, “पहिलेका नेता पनि इमान्दार भएनन्, अहिलेका पनि छैनन्। पार्टी र नेताको संख्या बढ्दै गयो, तर देशका लागि काम गर्ने सोच घट्दै गयो।”
यादवले गरिब, असहाय र पीडित नागरिकको वास्तविक समस्या बुझ्ने नेतृत्वको अभाव रहेको बताइन्। साँचो राष्ट्रसेवामा समर्पित नेता आजको समयमा दुर्लभ भइसकेको उनको भनाइ छ।
उनले जनतालाई पनि आत्मआलोचना गर्न आग्रह गर्दै व्यक्तिगत स्वार्थभन्दा सामाजिक हितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।
विदेश भ्रमण गर्ने नेताहरूलाई प्रश्न गर्दै उनले भनिन्, “नेताहरू घुम्न मात्र जाने हो कि त्यहाँको विकासबाट केही सिकेर देशमा लागू गर्ने पनि हो?”
नेपालमा विकासका योजना भन्दा चुनावी राजनीति हाबी भएको आरोप लगाउँदै यादवले चेतावनी दिइन्— स्वार्थरहित राजनीति, उत्तरदायी नेतृत्व र सचेत नागरिक संस्कार बिना देशले वास्तविक परिवर्तन पाउन

