परिवर्तनतर्फ जनताको दृढ भरोसा – जाबेद इकबाल हैदरको पक्षमा उत्साहजनक माहोल 🇳🇵
पर्सा क्षेत्र नं. १ को वडा नम्बर १५ लक्ष्मणवामा आज सम्पन्न घरदैलो कार्यक्रम भव्य र उत्साहपूर्ण रह्यो। स्थानीय मतदाताहरूले देखाएको आत्मीय समर्थन र अपार माया–स्नेहले जाबेद इकबाल हैदरको अभियानलाई थप मजबुत बनाएको छ।
जनतासँग प्रत्यक्ष भेटघाटका क्रममा प्रस्तुत गरिएका विकासका एजेन्डा र भविष्यका योजनाप्रति स्थानीयले पूर्ण विश्वास व्यक्त गरेका छन्। “अब नेतृत्वमा नयाँ सोच र नयाँ ऊर्जा आवश्यक छ” भन्ने जनआवाजले स्पष्ट संकेत दिएको छ कि परिवर्तनको लहर तीव्र गतिमा अघि बढिरहेको छ।
समृद्ध पर्सा र समुन्नत नेपालको लक्ष्यसहित अघि बढेको यो यात्रा जनताको साथ र विश्वासका कारण झन् बलियो बन्दै गएको छ। विकास र परिवर्तनका लागि चालिएको यो कदम अब कुनै हालतमा रोकिने छैन।

