Sunday, August 2, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

रास्वपामा ठूलो झड्का : मनोज गुप्तासहित स्थानीय नेतृत्व विनय यादवतर्फ आकर्षित

चराचर खबर by चराचर खबर
February 15, 2026
in विचार, समाचार, समाज
0
रास्वपामा ठूलो झड्का : मनोज गुप्तासहित स्थानीय नेतृत्व विनय यादवतर्फ आकर्षित
2
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter
  1. रास्वपामा ठूलो झड्का : मनोज गुप्तासहित स्थानीय नेतृत्व विनय यादवतर्फ आकर्षित

बारा — बारा जिल्लाको परवानीपुर गाउँपालिकामा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पालिका सभापति मनोज गुप्तासहित दर्जनौँ नेता–कार्यकर्ता पार्टी परित्याग गरी राष्ट्रिय एकता दलमा प्रवेश गरेका छन्।

एक कार्यक्रमबीच नवप्रवेशीहरूलाई हिन्दू राष्ट्र स्थापनाको एजेन्डासहित चुनावी मैदानमा रहेका बारा क्षेत्र नं. ४ का उम्मेदवार विनय यादवले टीका लगाई पार्टीमा स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै नवप्रवेशी नेताहरूले हिन्दू राष्ट्र निर्माणका लागि अब बारा–४ का जनतासामु तुलसी छाप बाहेक अन्य विकल्प नरहेको धारणा व्यक्त गरे।

पार्टी प्रवेश गर्नेहरूमा दुर्गा यादव, महेन्द्र साह, मनोज गुप्ता, कृष्ण गुप्ता लगायत रहेका छन्। कार्यक्रममा बोल्दै राष्ट्रिय एकता दलका नेता अवधेश मण्डल र विवेक कुशवाहाले बारा–४ लाई ‘जिहादमुक्त’ बनाउने उद्देश्यसहित दल अघि बढिरहेको बताउँदै तुलसी छापको विजय सुनिश्चित रहेको दाबी गरे।

कार्यक्रममा स्थानीय नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो। नवप्रवेशीहरूले हिन्दू राष्ट्रको अभियानलाई सशक्त बनाउँदै आगामी निर्वाचनमा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

Previous Post

घोडपसरामा सुशील कुमार कानुको घरदैलो निरन्तर, वाचा धेरै—ठोस योजना अझै अधुरो

Next Post

बारा क्षेत्र नं. ४ मा सर्वेन्द्र खनालको पक्षमा जेन–जी युवा एकजुट

चराचर खबर

चराचर खबर

Next Post
बारा क्षेत्र नं. ४ मा सर्वेन्द्र खनालको पक्षमा जेन–जी युवा एकजुट

बारा क्षेत्र नं. ४ मा सर्वेन्द्र खनालको पक्षमा जेन–जी युवा एकजुट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l