बारा क्षेत्र नं. ४ मा सर्वेन्द्र खनालको पक्षमा जेन–जी युवा एकजुट
बारा क्षेत्र नं. ४ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्व आईजीपी तथा उम्मेदवार सर्वेन्द्र खनाल को समर्थनमा जेन–जी युवाहरू खुलेर लागेका छन्। सामाजिक सञ्जालदेखि घरदैलो अभियानसम्म सक्रिय देखिएका युवाहरूले भारी मतले विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
युवा समूहले सुशासन, सुरक्षा अनुभव र स्पष्ट विकास एजेन्डाका कारण खनाल उपयुक्त उम्मेदवार भएको दाबी गरेको छ। चुनावी माहोल तातिरहेका बेला युवाको यो एकजुटता क्षेत्र नं. ४ मा महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ।

