पर्सामा अवैध काठसहित ट्रेक्टर बरामद
पर्सा — इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली को कमाण्डमा खटिएको प्रहरी टोलीले अवैध रूपमा ओसारपसार भइरहेको काठसहित एक ट्रेक्टर नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा काठ लोड गरिएको ट्रेक्टर फेला परेको प्रहरीले जनाएको छ। बरामद काठ र ट्रेक्टरलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायमा बुझाउने तयारी गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

