लाखौंको बैकिङ गरेर फरार: वीरगंज छप्कैया–२ निवासी धिराज प्रसाद यादव
पर्सा — वीरगंज छप्कैया–२ निवासी धिराज प्रसाद यादव लामो समयदेखि विभिन्न व्यक्तिहरूबाट लाखौं रुपैयाँको बैकिङ/लगानी गर्ने गरेको आरोपमा फरार रहेका छन्। स्थानीय स्रोतका अनुसार, यादवले लगानीकर्ताहरूबाट सङ्कलन गरेको रकम फिर्ता नगरी पत्ता नलाग्ने ठाउँतर्फ भागेका छन्।
प्रहरीले उनको खोजी कार्य तीव्र पारेको छ र सबै बैंक तथा वित्तीय संस्थाहरूसँग समन्वय गरेर उनको वित्तीय लेनदेनको अनुसन्धान गरिरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले आम जनतालाई सतर्क रहन र शंकास्पद व्यक्तिसँगको वित्तीय कारोबारमा ध्यान दिन चेतावनी दिएको छ।

