पर्सा–२ मा कानु र चौरसियाबीच कडा प्रतिस्पर्धा, मतदाता बदलावतर्फ
पर्सा। पर्सा क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शुशिल कुमार कानु र नेपाली कांग्रेसका अजय चौरसियाबीच कडा प्रतिस्पर्धा देखिएको छ।
चुनावी माहोल तातेसँगै मतदाता परिवर्तनको पक्षमा अघि बढिरहेको चर्चा छ। दुवै उम्मेदवारले विकास, सुशासन र रोजगारीका एजेन्डा अघि सार्दै मत मागिरहेका छन्।
स्थानीय तहमा घरदैलो र सभा कार्यक्रम तीव्र पारिँदै जाँदा प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ।

