नेपाल रेडक्रस सोसाइटी द्वारा विश्व रेडक्रस दिवसमा विविध कार्यक्रम
अभिलाष गुप्ता
वीरगञ्ज, २५ वैशाख
विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी ले बिहीबार वीरगञ्जस्थित शाखा भवनमा विविध कार्यक्रम आयोजना गरी दिवस मनाएको छ। रेडक्रसका संस्थापक जाँ हेनरी डयुनाँ को योगदानको स्मरण गर्दै झण्डोत्तोलन, दीप प्रज्वलन तथा तस्बिरमा माल्यार्पण गरिएको थियो।
शाखा सभापति बृज किशोर पटेल को अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मधु राणा, कार्यकारिणी सदस्यहरू तथा रेडक्रसकर्मीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले मानव सेवा र परोपकारमा रेडक्रसको भूमिकाबारे चर्चा गर्दै सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता जनाएका थिए।
यसै अवसरमा रेडक्रस प्रावि विद्यालय मा अध्ययनरत विद्यार्थीहरूलाई कापी, कलम, पेन्सिल लगायतका शैक्षिक सामग्रीसँगै पोशाक वितरण गरिने जानकारी दिइएको छ।

