कीर्तिपुरमा हत्या अभियुक्त पक्राउ गर्ने क्रममा प्रहरीको फायर, घाइते
कीर्तिपुरमा गुल्मीका विपिन घिमिरेको हत्या घटनामा फरार रहेका मुख्य अभियुक्त सुजन शाहीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले फायर खोलेको छ।
प्रहरीका अनुसार नियन्त्रणमा लिन खोज्दा शाही भाग्ने प्रयास गरेपछि घुँडामुनि गोली लागी उनी घाइते भएका हुन्। उनलाई हाल अस्पतालमा उपचार भइरहेको छ।
यसअघि सो घटनामा संलग्न रहेको आरोपमा २३ वैशाखमा तीन जनालाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मुख्य अभियुक्त फरार रहेपछि खोजी जारी रहेको थियो।

