घण्टाघर क्षेत्रमा डमकलद्वारा सरसफाइ, हरियाली अभियान निरन्तर
वीरगञ्ज — सरसफाइ दिवसको अन्तिम दिन घण्टाघर आसपास क्षेत्रमा डमकल प्रयोग गरी बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। वीरगञ्ज महानगरपालिका र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको सहकार्यमा कार्यक्रम गरिएको हो।
अभियानअन्तर्गत सडक तथा सार्वजनिक स्थल धुने, फोहोर संकलन गर्ने र वातावरण स्वच्छ राख्ने काम गरिएको थियो। कार्यक्रममा स्थानीयवासी र सरोकारवाला निकायको सहभागिता रहेको थियो।
कार्यक्रममा जयप्रकाश खेतानले सरसफाइलाई नियमित अभियानका रूपमा अघि बढाउनुपर्ने बताए। स्वच्छ र हराभरा सहर निर्माणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिएको छ।

