बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ, १ महिना कैद र २.२६ लाख जरिवाना
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बैंकिङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–११ बस्ने वर्ष ४५ का प्रमोद कुमार ठाकुरलाई पक्राउ गरेको हो। उनलाई पर्सा जिल्ला अदालतको फैसलाअनुसार १ महिना कैद र रु. २ लाख २६ हजार जरिवाना तोकिएको थियो।
पक्राउ परेका ठाकुरलाई आवश्यक कारबाहीका लागि सम्मानित पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

