बिपिसी कलेजमा कक्षा १२ को फेयरवेल भव्य रूपमा सम्पन्न
वीरगञ्जस्थित बिपिसी कलेजमा कक्षा १२ का विद्यार्थीहरूको सम्मानमा आयोजित फेयरवेल कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थी र शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम सरोज प्रसाद चौधरी को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने अमित हर्लालका र मुशकान श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमको अध्यक्षता डा. दिपक शाक्य ले गरेका थिए।
प्रमुख अतिथि चौधरीले सफलता हासिल गर्न अनुशासन, मेहनत र संस्कार आवश्यक रहेको उल्लेख गर्दै विद्यार्थीलाई अभिभावक र शिक्षकलाई कहिल्यै नबिर्सन आग्रह गरे। अध्यक्ष शाक्यले कलेजले गुणस्तरीय शिक्षा, नैतिकता र नेतृत्व विकासमा जोड दिँदै आएको बताए।
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति र मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए भने फेयरवेल भावुक वातावरणमा सम्पन्न भएको थियो।

