Saturday, May 30, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल प्रतिष्ठानका शिक्षा र वातावरण केन्द्रित नयाँ योजना

चराचर खबर by चराचर खबर
May 19, 2026
in समाचार, समाज
0
शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल प्रतिष्ठानका शिक्षा र वातावरण केन्द्रित नयाँ योजना
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल प्रतिष्ठानद्वारा विद्यार्थी सम्मानदेखि वृक्षारोपणसम्मका सामाजिक कार्यक्रम सञ्चालन गर्ने निर्णय

शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल प्रतिष्ठान ले शिक्षा, सामाजिक उत्तरदायित्व तथा वातावरण संरक्षणलाई केन्द्रमा राख्दै आगामी दिनमा विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। प्रतिष्ठानको हालै सम्पन्न बैठकले विद्यार्थी प्रोत्साहन, नेतृत्व विकास तथा सामाजिक चेतनामूलक अभियानलाई प्राथमिकतामा राख्दै विविध योजनाहरू अघि बढाउने निर्णय गरेको हो।

प्रतिष्ठानकी अध्यक्ष मुना खनाल को अध्यक्षतामा सम्पन्न बैठकमा वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई विशेष सम्मान गर्ने निर्णय गरिएको छ। प्रतिष्ठानले मेहनत, अनुशासन र लगनशीलताबाट सफलता हासिल गरेका विद्यार्थीलाई सम्मान गर्दा अन्य विद्यार्थीहरूमा समेत सकारात्मक प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।

त्यसैगरी, जिल्लास्तरीय विद्यालयहरूमा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने निर्णय पनि गरिएको छ। विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा सार्वजनिक रूपमा आफ्ना विचार प्रभावकारी ढंगले प्रस्तुत गर्ने कला विकासका लागि यस्ता कार्यक्रम उपयोगी हुने बैठकमा सहभागीहरूले बताएका छन्। प्रतियोगितामार्फत सामाजिक, शैक्षिक तथा राष्ट्रिय विषयप्रति विद्यार्थीहरूमा चेतना अभिवृद्धि हुने विश्वास समेत व्यक्त गरिएको छ।

बैठकले वातावरण संरक्षणलाई पनि प्राथमिकतामा राख्दै सामुदायिक विद्यालय तथा सार्वजनिक स्थानहरूमा वृहत् वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। साथै विद्यालय तथा सार्वजनिक स्थलहरूमा सरसफाइ अभियान सञ्चालन गरी स्वच्छ र स्वस्थ वातावरण निर्माणमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाइएको छ।

बैठकमा प्रतिष्ठानका सल्लाहकार प्रकाश उपाध्याय सहित सदस्यहरू युवराज खड्का, श्रवण बहादुर रायमाझी, अभिलाष गुप्ता, सुर्या नारायण बिक, सुबास सिंह, रितेश गुप्ता, प्रिया मिश्रा, बिना खतिवडा, शर्मा गोसाई, नन्दलाल यादव, हरेराम ठाकुर, संजय पटेल, नवराज भट्टराई, प्रभु प्रसाद रौनियार, पवन श्रेष्ठ, सुबास भट्टराई तथा सचिव लालबाबु सिंह लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

उपस्थित सदस्यहरूले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि, विद्यार्थीहरूमा अनुशासन, नेतृत्व तथा सामाजिक उत्तरदायित्वको भावना विकास गर्न प्रतिष्ठानले सञ्चालन गर्ने कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए। प्रतिष्ठानले आगामी दिनमा पनि विद्यार्थी केन्द्रित, समाज उपयोगी तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै शिक्षा र सामाजिक सेवाको क्षेत्रमा सक्रिय भूमिका खेल्ने जनाएको छ।

Previous Post

बिपिसी कलेजमा कक्षा १२ को फेयरवेल भव्य रूपमा सम्पन्न

Next Post

दुई दिने बिदा र छोटो कक्षा समयले वीरगञ्जको शिक्षा क्षेत्रमा बढ्यो चिन्ता

चराचर खबर

चराचर खबर

Next Post
दुई दिने बिदा र छोटो कक्षा समयले वीरगञ्जको शिक्षा क्षेत्रमा बढ्यो चिन्ता

दुई दिने बिदा र छोटो कक्षा समयले वीरगञ्जको शिक्षा क्षेत्रमा बढ्यो चिन्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l