Saturday, May 30, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा कोल इन्डियासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

चराचर खबर by चराचर खबर
May 25, 2026
in अर्थ, समाचार
0
वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा कोल इन्डियासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
2
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा कोल इन्डियासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

वीरगञ्ज, ११ जेठ

वीरगञ्ज उद्योग वाणिज्य संघको आयोजना तथा भारतको महावाणिज्य दूतावास वीरगञ्जको सहयोगमा कोल इन्डियासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाल–भारतबीच ऊर्जा, उद्योग तथा व्यापारिक सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष माधव राजपालले उद्योग क्षेत्रको विकासका लागि भरपर्दो ऊर्जा आपूर्ति आवश्यक रहेको बताउँदै भारतसँगको सहकार्य अझ मजबुत हुनुपर्ने धारणा राखे।

भारतीय महावाणिज्यदूत देवी सहाय मीणाले नेपाल–भारतबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध निरन्तर सुदृढ हुँदै गएको उल्लेख गर्दै निजी क्षेत्रबीच यस्ता संवाद उपयोगी हुने बताइन्।

त्यसैगरी कोल इन्डियाका कार्यकारी निर्देशक रजनीकान्त माफीले नेपालसँग दीर्घकालीन सहकार्य विस्तार गर्न कम्पनी सकारात्मक रहेको जनाए। कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले कोइला आपूर्ति, सेवा प्रणाली तथा आगामी रणनीतिबारे प्रस्तुतीकरण गरेका थिए।

छलफलका क्रममा उद्योगी व्यवसायीहरूले कोइला आपूर्ति, ढुवानी र मूल्य स्थायित्वबारे जिज्ञासा राखेका थिए। कार्यक्रममा संघका पदाधिकारी, भारतीय दूतावासका प्रतिनिधि तथा उद्योगी व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Previous Post

श्राद्ध कार्यका लागि पीडित परिवारलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग

Next Post

पर्सा तेक्वान्दो टोलीलाई प्रदेशस्तरीय प्रतियोगिताका लागि भव्य बिदाइ

चराचर खबर

चराचर खबर

Next Post
पर्सा तेक्वान्दो टोलीलाई प्रदेशस्तरीय प्रतियोगिताका लागि भव्य बिदाइ

पर्सा तेक्वान्दो टोलीलाई प्रदेशस्तरीय प्रतियोगिताका लागि भव्य बिदाइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l