Saturday, June 13, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

मधेश प्रदेश प्रहरी कार्यालयमा एसपी मानबहादुर राईको बिदाइ, ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न

चराचर खबर by चराचर खबर
June 9, 2026
in विश्व, समाचार, सरोकार, सूचना/प्रविधि
0
मधेश प्रदेश प्रहरी कार्यालयमा एसपी मानबहादुर राईको बिदाइ, ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न
2
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

मधेश प्रदेश प्रहरी कार्यालयमा एसपी मानबहादुर राईको बिदाइ, ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न

जनकपुरधाम, जेठ २६ — मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामबाट कोशी प्रदेश प्रहरी गण, विराटनगर मोरङमा काज/सरुवा भई जान लाग्नुभएका प्रहरी उपरीक्षक (एसपी) मानबहादुर राईलाई मंगलबार एक समारोहका बीच बिदाइ गरिएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्साल काठमाडौंको पत्रादेशअनुसार सरुवा भएका राईलाई मधेश प्रदेश प्रहरी कार्यालयमा आयोजित ‘बिदाइ तथा फेरि भेटौँला’ कार्यक्रममा सम्मानपूर्वक बिदाइ गरिएको हो।

कार्यक्रममा मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको प्रमुख आतिथ्यता रहेको थियो। डीआईजी थपलियाले एसपी राईलाई माला, अबिर तथा मायाको चिनो प्रदान गर्दै आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए।

बिदाइ कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका प्रहरी अधिकृत तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले एसपी राईले मधेश प्रदेशमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै उज्ज्वल भविष्यको कामना गरेका थिए।

कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

Previous Post

सहकारी पीडितको पक्षमा उभिएका मेयरमाथि प्रतिशोधको राजनीति भएको आरोप

Next Post

विद्यार्थीमा योगप्रति जागरण: वीरगञ्जमा लायन्स क्लबद्वारा योग शिविर आयोजना

चराचर खबर

चराचर खबर

Next Post
विद्यार्थीमा योगप्रति जागरण: वीरगञ्जमा लायन्स क्लबद्वारा योग शिविर आयोजना

विद्यार्थीमा योगप्रति जागरण: वीरगञ्जमा लायन्स क्लबद्वारा योग शिविर आयोजना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l