विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा खेपिरहेका चर्चित व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
मङ्गलबार थुनछेक बहसपछि अदालतले उनीहरूलाई धरौटीमा छाड्न अस्वीकार गर्दै कारागार चलान गर्ने निर्णय गरेको हो।
उनीहरूमाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी त्यसलाई शुद्धीकरण गर्ने प्रयास गरेको आरोप छ। अनुसन्धानपछि सीआईबीले दुवैलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो।
अदालतले अग्रवालको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी आवश्यक उपचारको व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ।

