Thursday, June 18, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

ट्राफिक सप्ताह शुभारम्भ, सडक अनुशासन र दुर्घटना न्यूनीकरणमा जोड

चराचर खबर by चराचर खबर
June 18, 2026
in समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
ट्राफिक सप्ताह शुभारम्भ, सडक अनुशासन र दुर्घटना न्यूनीकरणमा जोड
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

ट्राफिक सप्ताह शुभारम्भ, सडक अनुशासन र दुर्घटना न्यूनीकरणमा जोड

वीरगञ्ज, असार ३ गते। सडक अनुशासनको पालना गराउने तथा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पर्सामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम–२०८३’ बुधबारदेखि सुरु गरिएको छ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, जिल्ला प्रहरी कार्यालय पर्सा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगञ्जको संयुक्त आयोजनामा सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता Dsp हरि बहादुर बस्नेत सरले कार्यक्रमअन्तर्गत ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन, हेल्मेट तथा सिटबेल्टको प्रयोग, मादक पदार्थ सेवन गरी सवारी नचलाउने लगायत विषयमा सर्वसाधारण, चालक तथा विद्यार्थीहरूलाई जनचेतना प्रदान गरिने जनाइएको छ।

प्रहरीका अनुसार सडक दुर्घटनाका घटनामा कमी ल्याउन र सुरक्षित यातायात संस्कृतिको विकास गर्न जनसहभागितामूलक कार्यक्रम सञ्चालन गरिएको हो। सप्ताहभर विभिन्न सचेतनामूलक अभियान, अन्तरक्रिया तथा प्रचारात्मक कार्यक्रम सञ्चालन गरिनेछ।

Previous Post

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा

चराचर खबर

चराचर खबर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l