Wednesday, July 29, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

वीरगञ्जमा लागू औषध ट्रामाडोलसहित ट्रक नियन्त्रण, चालक पक्राउ*

चराचर खबर by चराचर खबर
June 23, 2026
in विश्व, समाचार, सूचना/प्रविधि
0
वीरगञ्जमा लागू औषध ट्रामाडोलसहित ट्रक नियन्त्रण, चालक पक्राउ*
2
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

* वीरगञ्जमा लागू औषध ट्रामाडोलसहित ट्रक नियन्त्रण, चालक पक्राउ*

*वीरगञ्ज, पर्सा* – जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित लागू औषधसहितको मालवाहक ट्रक नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिति २०८१/०१/०९ गते राति १:५ बजे वीरगञ्ज महानगरपालिका वडा नं. १४, गण्डकचोकस्थित सडकखण्डबाट बिलभन्दा बढी सामान लोड गरी काठमाडौं र मोरङतर्फ लैजाँदै गरेको बा.प्र. ०३-००१ ख ३२४६ नम्बरको ट्रक शंकास्पद भई चेकजाँच गरिएको थियो।

चेकजाँचका क्रममा ट्रकबाट लागू औषध *Tramadol Hydrochloride Ip-50 Tramol* ट्याब्लेट १ लाख २० हजार ६ सय २० ट्याब्लेट बरामद भएको छ। उक्त औषधको बजार मूल्य रु. ९ लाख ८४ हजार २ सय ५१ बराबर रहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न ट्रक र चालक मकवानपुर थाहा नगरपालिका वडा नं. ७ बस्ने वर्ष २३ का सुशिल घलेलाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेका चालकसहित ट्रकलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिनुभयो।

प्रहरीले बिलभन्दा बढी सामान ओसारपसार गर्ने ट्रकहरूलाई निगरानी बढाएको जनाएको छ।

Previous Post

ट्राफिक सप्ताह शुभारम्भ, सडक अनुशासन र दुर्घटना न्यूनीकरणमा जोड

Next Post

संघीयताविरुद्धको अभिव्यक्ति जनमतमाथिको धोका हो : पिकिं यादव”

चराचर खबर

चराचर खबर

Next Post
संघीयताविरुद्धको अभिव्यक्ति जनमतमाथिको धोका हो : पिकिं यादव”

संघीयताविरुद्धको अभिव्यक्ति जनमतमाथिको धोका हो : पिकिं यादव"

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l