२ वर्षदेखि फरार रहेका लेनदेन (विगो भरिभराउ) मुद्दाका प्रतिवादी पक्राउ
वीरगञ्ज, असार १८ — जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा लेनदेनसम्बन्धी विगो भरिभराउ मुद्दामा फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ।
पर्सा जिल्ला अदालतको आदेशबमोजिम २ वर्ष कैद सजाय ठहर भई फरार रहेका राजेश प्रसाद चौहानलाई बुधबार पर्साको पोखरिया नगरपालिका–९ स्थित पोखरिया बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पक्राउ परेका चौहानलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गरिएको प्रहरीले जनाएको छ।

