Wednesday, July 29, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

किस्ताबन्दीमा सामान दिने भन्दै रकम उठाएको ‘अभियान डिजिटल वर्ल्ड’ विवादमा, सयौँ सेवाग्राही ठगीमा परेको आरोप

चराचर खबर by चराचर खबर
July 9, 2026
in समाचार
0
किस्ताबन्दीमा सामान दिने भन्दै रकम उठाएको ‘अभियान डिजिटल वर्ल्ड’ विवादमा, सयौँ सेवाग्राही ठगीमा परेको आरोप
2
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

किस्ताबन्दीमा सामान दिने भन्दै रकम उठाएको ‘अभियान डिजिटल वर्ल्ड’ विवादमा, सयौँ सेवाग्राही ठगीमा परेको आरोप

वीरगञ्ज । किस्ताबन्दीमा विभिन्न सामग्री उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको ‘अभियान डिजिटल वर्ल्ड’ विरुद्ध करोडौँ रुपैयाँ ठगी गरेको आरोप लागेको छ। संस्थाले रकम संकलन गरेपछि सञ्चालकहरू सम्पर्कविहीन भएको भन्दै सयौँ सेवाग्राही र बजार प्रतिनिधिहरूले कानुनी कारबाहीको माग गरेका छन्।

पीडितहरूका अनुसार संस्थाले सदस्य बनाउने क्रममा प्रत्येक व्यक्तिबाट ३१ हजार ७२५ रुपैयाँका दरले रकम संकलन गरेको थियो। केही सदस्यलाई १२ देखि १५ हजार रुपैयाँ बराबरका सामग्री उपलब्ध गराइए पनि अधिकांश सेवाग्राहीले तीन वर्ष बितिसक्दा समेत आफूहरूले पाउनुपर्ने सामान नपाएको गुनासो गरेका छन्।

संस्थाका सञ्चालक दिपेश बर्नवाल, सुशील सर्राफ र विष्णु काफ्ले रकम संकलन गरेपछि सम्पर्कविहीन भएको पीडितहरूको आरोप छ। संस्थाका अर्का साझेदार ऋषिकान्त गुप्ता वीरगञ्जमै रहे पनि सेवाग्राहीको समस्या समाधान गर्न कुनै ठोस पहल नगरेको उनीहरूको दाबी छ।

यस्तै, संस्थाका लेखापाल तथा सञ्चालक दिपेश बर्नवालका छोरा योगेश बर्नवालविरुद्ध समेत उजुरी परेको एक बजार प्रतिनिधिले जानकारी दिएका छन्।

संस्थासँग आबद्ध बजार प्रतिनिधिहरूले पनि आफूहरू समस्यामा परेको बताएका छन्। उनीहरूका अनुसार संस्थाप्रति विश्वास गरेर सर्वसाधारणलाई सदस्य बनाए पनि अहिले सामान नपाएका सेवाग्राहीबाट गाली, दबाब र मानसिक तनाव सहनुपरेको छ।

पीडितहरूले आफूहरूबाट संकलन गरिएको रकम फिर्ता गराउन र घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा सामूहिक उजुरी दर्ता गरेका छन्।

जिल्ला प्रशासन कार्यालय पर्साले प्राप्त उजुरीमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ। अनुसन्धानपछि घटनाको वास्तविक अवस्था, पीडितको संख्या र आर्थिक क्षतिको विवरण सार्वजनिक गरिने बताइएको छ।

Previous Post

कालिकामाई गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियामाथि कुटपिट, कर्मचारीहरूको आन्दोलनको चेतावनी

Next Post

प्रहरी कार्यसम्बन्धी समीक्षा गोष्ठी–२०८३ सम्पन्न, सेवा प्रवाह र सुरक्षा व्यवस्थाबारे समीक्षा

चराचर खबर

चराचर खबर

Next Post
प्रहरी कार्यसम्बन्धी समीक्षा गोष्ठी–२०८३ सम्पन्न, सेवा प्रवाह र सुरक्षा व्यवस्थाबारे समीक्षा

प्रहरी कार्यसम्बन्धी समीक्षा गोष्ठी–२०८३ सम्पन्न, सेवा प्रवाह र सुरक्षा व्यवस्थाबारे समीक्षा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l